सिंगापुरमा शिखर वार्ता

गोर्खाली सेनाले ट्रम्प र किमलाई सुरक्षा दिने

मङ्गलबार, २२ जेठ २०७५, १९ : ४४ नागरिक

सिंगापुर– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको सुरक्षामा नेपाली मुलका गोर्खाली सेना खटिने भएका छन्। दुई नेताबीच यही महिना (जुन १२) मा सिंगापुरमा पहिलोपटक भेट तथा शिखर वार्ता हुँदैछ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ट्रम्प र किमको भेटवार्ताको दौरान सुरक्षाका लागि सिंगापुर सरकारले गोर्खाली सेना खटाउन लागेको हो। सिंगापुरका एक उच्च अधिकारीले दिएको जानकारी अनुसार ट्रम्प र उनबीच भेटवार्ता हुने स्थान, होटेल र सडकहरुमा गोर्खाली सैनिकलाई खटाइएको छ। 

ट्रम्प र उनले आ–आफ्ना सुरक्षाकर्मी लिएर आउने भएतापनि बाहिरी भागको सुरक्षाका लागि सिङ्गापुरले प्रहरीसँगै गोर्खाली सैनिक खटाएको उक्त अधिकारीले बताए। सिङ्गापुर आर्मीका विशेषज्ञ टिम हक्सलेले गोर्खाली सैनिक सबैभन्दा शक्तिशाली रहेको बताउँदै सुरक्षाका लागि उनीहरुलाई खटाइने बताए। 

यस्ता महत्वपूर्ण कार्यक्रमका लागि विशेष सुरक्षा आवश्यक पर्ने हुँदा सोही अनुसार गोर्खाली सैनिकहरुलाई तालिम दिएर योग्य पारिएको हक्सलेको भनाई छ। उनले गोर्खाली सैनिकहरु विगत लामो समयदेखि सिङ्गापुरको नेतृत्वको सम्पत्तिका रुपमा रहेको पनि उल्लेख गरे।  

सिङ्गापुरमा ६ अर्धसैन्य कम्पनीमा करिब १८ सय गोर्खालीहरु कार्यरत छन्। 

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad