८ वैशाख २०८१ शनिबार
समाज

विनाले शिलान्यास गरिन् प्रकाशको स्तम्भ

काठमाडौं– पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको स्मृतिमा नुवाकोटको ककनीमा स्तम्भ निर्माण गरिने भएको छ। नेपाल पर्वतारोही संघको सक्रियतामा ककनीस्थित अन्तर्राष्ट्रिय पर्वतारोही स्मृती उद्यानमा स्वर्गीय दाहालको स्तम्भ निर्माण गर्न लागिएको हो।

स्वर्गीय दाहाल सर्वोच्च शिखर सगरमाथा आरोही समेत हुन्। विश्व वातावरण दिवसको अवसर पारेर मंगलवार ककनीमा गरिएको कार्यक्रममा खानेपानी मन्त्री विना मगरले सो स्तम्भको शिलान्यास गरिन्। स्वर्गीय दाहाल मन्त्री मगरका पति हुन्। ‘राजनीतिक परिवर्तन र संविधान जारी गर्न दबाब दिने उद्देश्यसहित गरिएको सो आरोहणका सहभागिको नाममा स्तम्भ निर्माण  हुनु आफैमा गौरवको विषय हो,’ प्रकाशसँगै स्वयं सगरमाथा आरोही रहेकी मन्त्री मगरले भनिन, ‘उहाँ (प्रकाश)को मात्रै होइन, अन्य आरोहीको नाममा पनि स्तम्भ निर्माण गरिनुपर्छ।’

सो अवसरमा पर्वतारोही संघका अध्यक्ष सन्तविर लामाको अगुवाईमा ककनी उद्यानमा विभिन्न प्रजातिका ४ सय ५० विरुवा पनि रोपिएको छ।

प्रकाशित: २२ जेष्ठ २०७५ १२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App