६ वैशाख २०८१ बिहीबार
अर्थ

ब्रोकर र लगानीकर्ताको विरोधपछि शेयर बजार प्रभावित

काठमाडौँ– हकप्रद तथा बोनस शेयरमा पूँजीगत लाभकर लगाइएको भन्दै लगानीकर्ता विरोधमा उत्रिएपछि म‌ंगलबार शेयर कारोवार प्रभावित भएको छ।

लगानीकर्ताको अवरोधपछि शेयर ब्रोकरले कुनै कारोवार नगर्दा नेपाल स्टक एक्स्चेन्जमा कुनै पनि कारोवार हुन सकेन। सरकारले शेयर कारोवारमा सोमबारदेखि पूँजीगत लाभकर लाग्ने व्यवस्था गरेपछि लगानीकर्ता आन्दोलनमा उत्रिएका हुन्।

लगानीकर्ताले स्टकको कार्यालयमा पुगेर विरोध जनाएका थिए । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले कारोवारमा केही समस्या आएको बताए । नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले सरकारले लगानीकर्तालाई समस्यामा पार्दै पूँजी बजारलाई सखाप पार्न खोजेको आरोप लगाए।

सरकारले बोनस र हकप्रद शेयरमा ७.५ प्रतिशत पूँजीगत लाभकर लगाएको छ । यो व्यवस्था व्यक्तिगत लगानीकर्ताका लागि हो। यसअघि ५.५ प्रतिशत पूँजीगत लाभकर लाग्दै आएको थियो । संस्थागत लगानीकर्ताले भने १० प्रतिशत लाभकर तिर्नुपर्छ। लगानीकर्ताले म‌ंगलबारै अर्थ मन्त्रालयका अधिकारीसँग छलफल गर्ने भएका छन् ।(रासस)

प्रकाशित: २२ जेष्ठ २०७५ ११:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App