६ वैशाख २०८१ बिहीबार
खेल

लालबन्दी गोल्डकपको तयारी अन्तिम चरणमा, विजेताले ७ लाख प्राप्त गर्ने

फलामे तारजालीले घेरेर सुरक्षित पारिएको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिता हुने खेल मैदान।  तस्बिरः  टंक/नागरिक

सर्लाही – २ नम्बर प्रदेशकै सबैभन्दा ठूलो पुरस्कार राशिको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। प्रतियोगिता आगामी जेठ २४ देखि असार २ गतेसम्म संचालन हुने छ। 

दर्शकलाई बस्नका लागि फलामका पाईप र बाँसको अस्थायी प्याराफिट बनाउने काम अन्तिम चरणमा पुगेको जिल्ला फुटबल संघका महासचिव उज्वल कार्कीले बताए।

लालबन्दी गोल्डकप हुने मैदानलाई तारजालीले सुरक्षित पारिएको छ। गत चैतमा सर्लाहीकै बागमतीमा भएको दोस्रो राजर्षि जनक कप फुटबलको फाइनलमा नेपाल आर्मी र सुदूरपश्चिमका खेलाडीबीच विवाद भई कुटाकुट भएपछि दर्शकहरू नै मैदान भित्रै छिरेर खेलाडीमाथि हातपात गरेका थिए, भने मुलुकका विभिन्न स्थानमा पनि त्यस्ता घटनाहरू पटक–पटक हुँदै आएकाले मैदानलाई तारजालीले घेरिएको कार्कीले बताए। 

प्रतियोगितामा थ्री स्टार, नेपाल पुलिस, सशस्त्र प्रहरी, जावलाखेल युथ क्लब, भारतको गान्तोक स्थित युनाइटेड सिक्कीम, झापा–११, गोर्खा ब्वाईज रुपन्देही, कास्की–११ र आयोजक सर्लाही–११ गरी १० वटा टिमले प्रतिस्पर्धा गर्नेछन्। 
प्रतियोगिताको विजेताले नगद ७ लाख र उपविजेताले  नगद ३ लाख ५० हजार प्राप्त गर्नेछन्। 

प्रकाशित: २२ जेष्ठ २०७५ ०९:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App