coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रसुवामा ९ सय भन्दा बढी फलफूल र रैथाने जातका विरुवा रोपियो

रसुवा – विश्व वातावरण दिवसको अवसरमा रसुवामा ९ सय भन्दा बढी फलफूल र रैथाने जातका विरुवा रोपिएको छ। 

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा फलफूल र लाङटाङ राष्ट्रिय निकुञ्जको नेतृत्वमा रैथाने जातका विरुवा रोपिएको हो। निकुञ्जले रैथाने प्रजातीका ७ सय भन्दा बढी विरुवा रोपेको छ। 

लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजना, हरित युवा पर्यटन विकास समाज (जिवाइटीडीएस) लगायतको सहकार्यमा विरुवा रोपिएको प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए।

यस्तै एक कर्मचारी एक फलफूलको विरुवा कार्यक्रम अन्र्तगत २ सय २ वटा फलफूलको विरुवा समेत रोपिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। १ सय वटा कागती, ६७ वटा अंगुर र ३५ वटा अन्जिरको विरुवा रोपिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। 

‘हामीले अहिले रोपेका विरुवा हुर्काउन निरन्तर ध्यान दिन्छौँ, प्रमुख जिल्ला अधिकारी पौडेलले भने, रोपिएका विरुवा अर्को नेतृत्वलाई हस्तान्तरण गर्ने छौँ।’

 

प्रकाशित: २२ जेष्ठ २०७५ ०९:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App