coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

मानव जीवनमा प्लास्टिकको प्रयोग (फोटो फिचर)

काठमाडौं – काठमाडौमा मात्रै दैनिक रुपमा करिब ४७ लाखदेखी ४८ लाखसम्म प्लास्टिकका पोलिथिन प्रयोग हुने गरेको छ। काठमाडौमा दैनिक प्रयोग गरिने १६ प्रतिशत काम नलाग्ने वस्तुमा प्लास्टिक पर्छ।

काठमाडौ उपत्यकाका भित्रका जनताले मात्रै दैनिक ५२३ टन काम नलाग्ने पदार्थको उत्पादन गर्छन्। जसमा १६ प्रतिशत प्लास्ट्रिक भएको अनुमान गरिएको छ।

यसरी प्रयोग गरिने काम नलाग्ने पदार्थ मध्य ४० देखी ५० प्रतिशत बेकार बस्तु मात्रै माटो बन्छन्।

विश्वको तथ्याङ्कलाई हेर्ने हो भने सन् १९५० विश्वमा प्लास्ट्रिकको पहिचान भएदेखी नै यसको प्रयोग वर्षनी व्यापक हुँदै गएको छ। प्लास्ट्रिकको पहिचान भएताका करिब ८ दशमलब ३ प्रतिशत अर्थात ८ अर्व ३० कराेड मेट्रिक टन प्लास्ट्रिक उत्पादन गरिएको थियो।

विश्वमा प्रति मिनेट करिब २० लाख प्लास्ट्रिकका पोलिथिनहरू प्रयोग हुने गरेका छन्। यस्तै प्रत्येक मिनेट १० लाख प्लास्टिकका बोतलहरु विश्व भर किन्ने गरिन्छ।

प्लास्टिकबाट हुने प्रदुषणका कारण वार्षिक रूपमा एक लाख जनाको मृत्यु हुने गरेको छ। औसतमा एक व्यक्तिले करिब १२ मिनेटका लागि प्लास्ट्रिकका झोला प्रयोग गर्छन्।

प्रत्येक वर्ष विश्वमा प्लास्टिकको प्रयोग ४ गुणाले बढिरहेको छ।

तस्बिर : दिपेन्द्र राेक्का/सुजन श्रेष्ठ

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App