coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सर्वोच्चको फैसला पुनरवलोकन हुने

काठमाडौं- सर्वोच्च अदालतले नेपाल ट्रस्टको नाममा रहेको जग्गा पूर्वयुवराज्ञी प्रेरणा शाहको नाममा सार्न यसअघि भएको फैसला पुनरवलोकन गर्ने भएको छ। सरकारले हालेको पुनरवलोकन निवेदन स्वीकार गर्दै न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, इश्वर खतिवडा र आनन्दमोहन भट्टराईको पूर्ण इजलासले शुक्रबार पुनः सुनुवाइ गर्ने निर्णय गरेको हो। यसअघि उक्त जग्गा स्वर्गीय राजा वीरेन्द्रको नाममा रहेको भनी ट्रस्टले आफ्नो नाममा ल्याएको थियो। तर, त्यसविरुद्ध पूर्वयुवराज्ञी शाहले दायर गरेको निवेदनमा फैसला गर्दै सर्वोच्चले ट्रस्टको निर्णय उल्ट्याइदियो। सर्वोच्चको फैसलापछि सरकारले सर्वोच्चमै पुनरवलोकन निवेदन दायर गरेको थियो।

यसअघि तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र चोलेन्द्रशम्सेर राणाको इजलासबाट भएको फैसला त्रुटिपूर्ण रहेकाले खारेज हुनु पर्ने जिकिर गर्दै सरकारले साउन ४ गते पुनरवलोकन निवेदन दर्ता गराएको थियो। उक्त निवेदनमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले यसअघि भएको फैसलालाई पुनः सुनुवाई गरी निर्णय गर्न 'निस्सा' प्रदान गरेको हो ।  छाउनीस्थित १५ रोपनी जग्गा शाहको नाममा दिनू भन्ने पूर्व फैसला कानुनसम्मत नभएकाले बदर हुनुपर्ने निवेदनमा जिकिर गरिएको थियो ।

नेपाल सरकार मन्त्रीपरिषदको कार्यालय, नेपाल ट्रस्टको कार्यालय र भूमिसुधार तथा व्यवस्था मन्त्रालयले सर्वोच्चमा अलग–अलग पुनरावलोकन निवेदन दर्ता गराएका थिए । तत्कालीन प्रधानन्यायाधीश साह र न्यायाधीश राणाको इजलासले २०७२ असोजमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, नेपाल ट्रस्टको कार्यालय र भूमिसुधार तथा व्यवस्था मन्त्रालयका नाममा यस्तो फैसला गरेको थियो।

तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री भीम रावलको अध्यक्षतामा बसेको नेपाल ट्रस्ट कार्यालयको ३९ औँ बैठकको निर्णयानुसार सचिव भीमप्रसाद उपाध्यायले पुनरवलोकन निवेदन दर्ता गराएका थिए।

प्रकाशित: १८ भाद्र २०७३ ०३:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App