७ वैशाख २०८१ शुक्रबार
समाज

वृक्षारोपण गर्न दिवस नै पर्खनु पर्ने !

दिक्तेलमा वृक्षारोपण गर्दै नेपाली सेना र विद्यार्थी।   तस्बिर : दमन/नागरिक

खोटाङ – सरसफाई सप्ताह एवंं विश्व वातावरण दिवसको अवसरमा खोटाङमा वृक्षारोपण गरिएको छ।  १९ औं राष्ट्रिय सरसफाई सप्ताह तथा सहित विश्व वातावरण दिवसको अवसरमा खोटाङकै पहिलो दिक्तेल क्याम्पस परिषरमा वृक्षारोपण गरिएको हो। 

मंगलबार बिहान दिक्तेलको हाटडाँडादेखि दिक्तेल क्याम्पससम्म र्याली निकालेर वृक्षारोपण गरिएको हो। क्याम्पस परिषरमा रुद्राक्ष, जेतपात र धुपी सल्लाको बिरुवा रोपिएको छ। जिल्ला बन कार्यालयले उपलब्ध गराएको विरुवा जिल्ला समन्वय समितिका प्रमुख बबी चामलीङ, जिल्ला न्यायाधीश किशोर घिमिरे, प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल लगायतले रोपेका थिए। 

सहभागिले पर्यावरण संरक्षणका लागि दिवसका दिन मात्र नभएर अन्य जुनसुकै समयमा पनि वृक्षारोपण गर्नुपर्नेमा जोड दिएका छन्। क्याम्पस परिषरमा करिब डेढ सय बिरुवा रोपिएको छ। बृक्षारोपण कार्यक्रममा निर्वाचित जनप्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शिक्षक, विद्यार्थी लगायतको उत्साहजनक सहभागिता रहेको थियो। 

‘दिगो सरसफाईको मुख्य आधार, स्वच्छ खानेपानी सरसफाइयुक्त बानी व्यवहार’ भन्ने मूल नाराकासाथ जिल्लामा विभिन्न कार्यक्रम गर्दै जेठ २८ गतेसम्म राष्ट्रिय सरसफाई सप्ताह मनाइदै छ। विश्व वातावरण दिवस भने ‘प्लाष्टिक प्रदुषण निर्मूल पारौं, सके पुनःप्रयोग गरौं, नसके बहिस्कार गरौं’ भन्ने नारा सहित मंगलबार मात्र मनाइएको हो। 

प्रकाशित: २२ जेष्ठ २०७५ ०४:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App