७ वैशाख २०८१ शुक्रबार
समाज

पहिरो हटाइपछि नारायणगढ–मुग्लिन सडक सुचारु

रत्ननगर – चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चारकिलोमा  मंगलबार बिहान खसेको पहिरो डेढ घन्टा पछि हटाइएको छ।

चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार पहिरो हटाइएसँगै सोडकखण्डमा गाडी सुचारु भएका छन्।

राति परेको पानीका कारण बिहान ५ बजेतिर पहिरो गएको हो। अहिले पनि पानी पर्ने क्रम चितवनमा रोकिएको छैन।  

इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा दुई दिन अघि मात्रै पहिरो खस्दा तीनघण्टा यातायात अवरुद्ध हुन पुगेको थियो। यहाँ पटकपटक पहिरो खस्ने गर्छ।

प्रकाशित: २२ जेष्ठ २०७५ ०४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App