८ वैशाख २०८१ शनिबार
कला

ओशो तपोवनमा सुवास घई

काठमाडौं – केही वर्षयता निर्देशनबाट ब्रेक लिएका सुवास घई फिल्म निर्देशनमा पुनरागमन गर्ने तयारीमा छन् । यसका लागि घईले छानेका छन्, ओशोको जीवनी । ओशोको जीवनीमा आधारित रहेर फिल्म निर्देशन गर्ने तयारी गरिरहेका घईले सोमबार नेपालको ओशो तपोवन भ्रमण गरेका छन् । 

एक दिने उत्प्रेरणात्मक कार्यशालाका लागि नेपाल आएका बलिउड निर्माता÷निर्देशक सुवास घईले सोमबार बिहान काठमाडौंको नागार्जुनस्थित ओशो तपोवनको भ्रमण गर्दै तपोवन प्रमुख स्वामी आनन्द अरुणसँग कुराकानी गरेका थिए । सोमबार बिहान तपोवन पुगेका उनले करिब दुई घन्टा संन्यासीहरू बिताएका थिए ।

ओशो तपोवनका संचालक स्वामी आनन्द अरुणले घईलाई तपोवनमा स्वागत गरेका थिए । सोही अवसरमा घईले तपोवनले प्रकासित गरेका ‘शिक्षा में व्रन्ति’, ‘आर्ट अफ इन्लाइटेनमेन्ट’ सहित केही अन्य गहकिला ओशोका पुस्तक लिएर गएका थिए ।  घईले ओशोसँगको परिचय सन् १९७८ देखि भएको र सिने जगतका आफ्ना पुराना मित्र विनोद खन्ना ओशोको संन्यासी भएको कुरा सम्झिए । ‘यो जगतभन्दा परको अर्को सत्य देख्ने क्षमता ओशोमा भएकोले ओशो सधैं नयाँ कुरा निस्कियो ।

ओशोको यही विशेषताले गर्दा फिल्मी जगतमा पनि ओशोका अनुयायी प्रशस्त छन् ,’ घईले भने । तपोवनमा बनेको नया“ भवनका सुविधाजनक कोठाहरू देखेपछि घईले नेपाल आउ“दा यही बस्ने इच्छा व्यक्त गरेका थिए ।  तपोवन परिसरमा रहिरहँदा उनले हिन्दी फिल्म ‘थ्री इडियट’मा ओशोका ६३ उद्धरणहरु परेको चाखलाग्दो तथ्य पनि उजागर गरे । उनले प्रत्येक दिन आफूले ओशोलाई ३० देखि ४५ मिनेटसम्म नियमित सुन्ने गरेको पनि बताए ।  उनले विश्वलाई प्रभावित गर्ने ओशोको जीवनी पर्दामा आउनुपर्छ भन्ने लागेर फिल्म बनाउन लागेकोे जानकारी गराए।

‘यो जगतलाई प्रकास देखाउने महान व्यक्तिलाई उनीहरूको समकालीन समयले कहिल्यै कदर गरेको छैन । ओशोलाई पनि यो समाजले जीवन रहुन्जेल सकेसम्म दुःखै दियो । यस्ता सबै पक्ष समेटेर फिल्म बनाउने प्रयास गर्दैछु’ घईले भने । ओशोको सन्देश फैलाउन ओशो तपोवन जस्तो आश्रम नेपालमा बनेकोमा र देशविदेशबाट यहा“ ध्यान सिक्न आएको देखेर आफू सुखद आश्यर्चमा परेको उनले बताएका थिए ।

प्रकाशित: २२ जेष्ठ २०७५ ०२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App