coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

मनीषा ‘मिसेस् नेपाल युनिभर्स’

काठमाडौं – आगामी डिसेम्बर महिनामा फिलिपिन्सको मनिलामा हुने ‘मिसेस युनिभर्स २०१८’मा नेपाली सुन्दरी मनिषा डंगोल श्रेष्ठले सहभागिता जनाउने भएकी छन्। इ प्लानेटले मनिषलाई सोमबार ‘मिसेस् नेपाल युनिभर्स २०१८’ को उपाधि दिएपछि उनी मनिला जाने बाटो खुलेको हो । मनिलामा आगामी डिसेम्बर ३ देखि १० तारिखसम्म प्रतियोगिता हुनेछ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा ‘मिसेस् नेपाल युनिभर्स’ तथा ‘पूर्व मिसेस् नेपाल’ दीपा शाही राणा तथा ‘लिटिल मिस वल्र्ड युनिभर्स’ विशेषता बुढाथोकीले मनीषालाई ‘मिसेस् नेपाल युनिभर्स २०१८’ को ताज पहिर्याइ दिएकी हुन् । मनिला जानु अघि मनीषाले कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय प्रतियोगिता सम्बन्धी अभिमुखिकरण र प्रशिक्षण लिनेछिन् ।यसअघि यो प्रतियोगितामा सहभागिता जनाउँदै मिना घिमिरेले ‘मिसेस् कन्जिन्यालिटी अवार्ड’, रजनी थापाले ‘ब्युटीफुल लेडी’को अवार्ड जितेकी थिइन् । सन् २०१६ मा पद्मिनी झाले नेपालबाट सहभागिता जनाएकी थिइन् ।

 

प्रकाशित: २२ जेष्ठ २०७५ ०२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App