८ वैशाख २०८१ शनिबार
कला

श्रीकृष्णकाे नाममा अक्षयकोष

काठमाडौं– चार वर्ष अघि निधन भएका अभिनेता श्रीकृष्ण श्रेष्ठको स्मृतिमा स्थापित श्रीकृष्ण श्रेष्ठ स्मृति प्रतिस्ठानले उनले अध्ययन गरेको सरस्वती माध्यामिक विद्यालयलाई सहयोग गरेको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका – ७, थगाममा रहेको विद्यालयमा हालै अभिभावक भेलामाझ छात्रवृत्ति वितरणसँगै श्रीकृष्ण श्रेष्ठ अक्षयकोष पनि हस्तान्तरण गरिएको थियो ।प्रतिस्ठानका अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठले नायक श्रीकृष्ण केवल इतिहासमा मात्र सीमित नहोऊन् भन्नका लागि आफूहरुले प्रतिष्ठान स्थापना गरेको बताए । 

‘सधैं उनको नाम सम्झनामा रहोस् भनेर अक्षयकोषको स्थापना गरेका हौं । कोषबाट आर्जित ब्याजबाट विद्यालयबाट प्रत्येक वर्ष एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई ‘श्रीकृष्ण श्रेष्ठ उत्कृष्ट विद्यार्थी सम्मान’ सहित नगदद्वारा र एसइईको नतिजालाई आधार मानेर सफल शिक्षकलाई ‘श्रीकृष्ण श्रेष्ठ उत्कृष्ट शिक्षक सम्मान’सहित नगदद्वारा सम्मान गर्नेछौं ’ श्रेष्ठले भने।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष तथा फिल्म निर्देशक आकाश अधिकारीले श्रीकृष्णले आफ्नो गाउँ जान आग्रह गरिरहने गरेको स्मरण गरे । ‘कोहिनूरपछि अर्को फिल्म गाउँमै खिच्नुपर्छ भन्नुहुन्थ्यो । उहाँसँग आउने मौका त मिलेन । तर यसपटक मौका मिल्यो,’उनले भने, ‘यस ठाउँबाट फेरि अर्को श्रीकृष्ण श्रेष्ठ जस्तै प्रतिभाशाली कलाकार जन्मने छ भन्ने आशा लिएको छु ।’

 

प्रकाशित: २२ जेष्ठ २०७५ ०२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App