coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘झुमकी’यात्रा सुरु

काठमाडौं – सम्बलद्वारा मंगलबारदेखि आरम्भ हुने ‘झुमकी यात्रा : महिला हिंसाविरुद्ध सशक्त आवाज’ का लागि कलाकारहरूको एक टोली प्रदेश २ का लागि प्रस्थान गरेको छ।

बलात्कार पीडित महिलाको कथामा आधारित पत्रकार अनिलकुमार कर्णको नाटक ‘झुमकी’को प्रदर्शन र महिलामाथि हुने हिंसाविरुद्ध जनमत निर्माणका लागि सो टोली मंगलबारदेखि प्रदेश २ का आठवटै जिल्लामा पुग्नेछ । प्रदेश २ जानुपूर्व सम्बल टोलीका सदस्यलाई पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सोमबार आयोजित एक कार्यक्रममा सम्मान गर्दै महत्वपूर्ण र आवश्यक विषयमा जनमत निर्माण गर्न सम्बलको यात्रा सफल हुने कामना गरे।

सडक नाटकको स्वरूपमा प्रदेश २ का सप्तरीदेखि पर्सासम्मका विभिन्न १६ ठाउँमा प्रदर्शन हुने सो नाटकको प्रायोजन सामाजिक उत्तरदायित्वअन्तर्गत एडभान्स ग्रुपले गर्नेछ । कार्यक्रममा प्रस्तुत नाटक हेरेपछि नेता निधिले झुमकीले अत्यन्त प्रभावशाली ढंगले सकारात्मक एवं सार्थक सन्देश दिने र बलात्कारजस्ता जघन्य अपराधविरुद्ध जनतालाई सचेत बनाउने बताए ।

बलात्कार पीडित महिलाको पीडा, सकस र संघर्ष देखाइएको उक्त नाटक केही समयअघि काठमाडौंमा एकल नाटकका रूपमा प्रदर्शन गरिएको थियो । नाटकमा अभिनेत्रीहरू रिना रिमाल र पुनम ढकाल, गंगाकान्त झा, सबिन कट्टेल, सरस्वती अधिकारी, सगुन शर्मा आदिले अभिनय गर्ने यात्रा संयोजक लक्ष्मी चौधरीले बताइन्।

प्रकाशित: २२ जेष्ठ २०७५ ०२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App