७ वैशाख २०८१ शुक्रबार
समाज

१६ जिल्ला न्यायाधीश सिफारिस

काठमाडौं – न्याय परिषद्ले १६ जना जिल्ला न्यायाधीश लागि सिफारिस गरेको छ। परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिका लागि प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको हो।

न्याय सेवा आयोगबाट लिइएको खुला परीक्षा पास गरेका १६ जना न्यायाधीशको नामसहित सोमबार कामु प्रधानन्यायाधीश दीपकराज जोशी समक्ष परिषदले सिफारिस गरेको हो। संविधानको धारा १४९ अनुसार न्याय सेवा आयोगबाट लिइएको रिक्त जिल्ला न्यायाधीशको पदमा परीक्षा उत्तीर्ण गर्न सफल उम्मेदवारको नाम पठाएको हो।

जिल्ला न्यायाधीशमा सर्वोच्च अदालतमा कार्यरत १३ जना उपसचिव र महान्यायाधीवक्ताको कार्यालयमा कार्यरत ३ जना गरी १६ जनाले गत फागुनमा लिइएको लिखित र अन्र्तवाता परीक्षा उत्तीर्ण गरेका थिए। जिल्ला न्यायाधीशको खुला परीक्षामा कुनै पनि कानुन व्यवसायी उत्तीर्ण हुन सकेनन्।

जिल्ला न्यायाधीशलाई न्यायपरिषद्को सिफारिसमा प्रधानन्यायाधीशले नियुक्ति गर्ने व्यवस्था छ। नवनियुक्त जिल्ला न्यायाधीशलाई उच्च अदालतका मुख्य न्यायाधीशले सपथ खुवाउने संवैधानिक व्यवस्था छ।

प्रकाशित: २२ जेष्ठ २०७५ ०१:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App