coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भारतीय सुरक्षाकर्मीले नेपाली ट्यांकर चालक कुटेपछि...

वीरगन्ज– पेट्रोलियम इन्धन बोकेका ट्यांकरका चालकहरुसंग सीमामा भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी)ले दुर्व्यवहार र कुटपिट गरेपछि उत्पन्न तनाव सोमबार सर्वपक्षीय बैठकपछि साम्य भएको छ।

भारत बिहारको बरौनीस्थित ‘इण्डियन आयल कर्पोरेशन’ (आइओसी)को डिपोबाट बाराको अमलेखगन्जको लागि हिडेका ट्यांकरका चालकसंग शनिवार रक्सोलको आइसिपी भन्सार नजिक एसएसबीले कुटपिट गरेको थियो। 

घट्नापछि चालक तथा ढुवानी ब्यवसायीले हड्तालमा उत्रिने घोषणा गरेका थिए। ‘हिजो आइतबार परेकोले यतिकै पनि बरौनी डिपोमा बिदा नै भइहाल्यो त्यस कारण उहाँहरुको हड्तालले असर भने परेन्,’ वीरगन्ज भन्सार कार्यालयका प्रवक्ता समेत रहेका भन्सार अधिकृत सन्तोष यादवले भने, ‘आज हामी नेपालतिरबाट भन्सार, आयल निगम, इन्टरमोडेल यातायात बिकास समिति, ढुवानी ब्यवसायिका प्रतिनिधिले उताका भन्सार, आइसिपी संचालक, एसएसबी लगायतसंग बैठक बसेर समस्या साम्य पारिएको छ।’ मंगलबारदेखि साबिक हिसाबले इन्धन आयात हुनमा कुनै बाधा नहुने उनले बताए। 

बरौनीबाट आउने इन्धन रक्सौलको साबिक नाकातिरबाट नआइ अब आइसिपी भएर नै आउन थालेको छ। आइसिपीबाट बरौनीका करिब एक सय जति ट्यांकरहरु आउने गरेको यादवले बताए। यता साबिक वीरगन्ज भन्सार नाका हुँदै रक्सोल सीमास्थित आइओसीको डिपोबाट आउने ट्यांकरहरु डेढ सयभन्दा बढीको संख्यामा दैनिक रुपमा भित्रिने गरेको उनले जनाए। बिवाद लम्बिएको भए अमलेखगन्जस्थित नेपाल आयल निगमको डिपोमा बरौनिबाट हुने इन्धन आपूर्ति प्रभावित हुने थियो। नेपाली ट्यांकर चालकसंग एसएसबीको कुटपिट र दुर्ब्यवहार बारम्बार दोहोरिएपछि हड्तालमा उत्रिनु परेको चालकहरुले बताए। 

‘एसएसबीले नेपाली चालक र सहचालकलाई कुट्ने घट्ना बाराम्बार दोहोरिएको छ, यताका सरोकारवालालाई पटक पटक गुनासो गर्दै आएका थियौं,’ नेपाल ढुवानी ब्यवसायी संघ वीरगन्जका सचिव श्याम तिमिल्सीनाले नागरिकसँग भने, ‘शनिवार एसएसबीले तीन चार वटा ट्यांकरका चालक अनि सहचालकलाई कुटेका थिए। अब उपरान्त यस्तो घट्ना दोहोरिन नदिन सरोकारवालाहरुले प्रतिबद्धता जनाएपछि घोषित हड्ताल फिर्ता भएको छ।’ यस्ता घट्नापछि हड्ताल हुने र प्रतिबद्धतापछि घट्ना सेलाउने पनि धेरैपटक यसअघि भइसकेको छ। 

 

प्रकाशित: २१ जेष्ठ २०७५ १६:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App