८ वैशाख २०८१ शनिबार
राजनीति

विद्युत चोर्ने वडाध्यक्षलाई जरिवाना

बर्दिया– विद्युत चोरी गरिरहेको अवस्थामा फेला परेका वडा अध्यक्षलाई पक्राउ गरी विद्युत प्राधिकरणले जरिवाना तिराएको छ।

विद्युत प्राधिकरण र प्रहरीको संयुक्त टोलीले मधुवन नगरपालिका वडा नम्बर २ का अध्यक्ष पहारी थारुलाई पक्राउ गरी जरिवाना तिराएको हो। 

विद्युत चोरी गरिरहेको अवस्थामा संयुक्त टोलीले आइतबार राती वडा नम्बर २ का अध्यक्ष पहारी र वडा नम्बर ४ लहानु थारुलाई पक्राउ गरेको थियो। सोमवबर बिहान उनीहरुलाई जरिवाना तिरेपछि छाडिएको थियो। 

पक्राउ परेका थारुले घरायसी प्रयोज र सिंचाई प्रयोजनको लागि विद्युत चोर्ने गरेको वयान दिएको प्राधिकरण स्रोतले जनायो। पक्राउ परेका थारुद्धयले १६ हजार ३ सय जरिवाना तिरेको रेकर्डमा उल्लेख छ। 

प्रकाशित: २१ जेष्ठ २०७५ १४:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App