आफन्त भेट्ने बहानामा भारतमा बेचिन्छन् महिला

सोमबार, २१ जेठ २०७५, १९ : ४१ नागरिक

भीमदत्तनगर- वैदेशिक रोजगारीका नाममा धेरै महिला मानव बेचबिखनको शिकार बनिरहेका बेला कञ्चनपुर बिचौलिया (दलाल)को लागि सहज नाका बनेको छ। 

बर्षेनि सयौँ महिलालाई गड्डाचौकीलगायत यहाँका नाकाबाट उद्धार गरिरहेको माइती नेपाल कञ्चनपुरका अनुसार पछिल्लो समय भारत हुँदै तेस्रो मुलुक जाने भन्दै महिलालाई चलाखीपूर्ण ढंगले नाका कटाउने गरिएको छ। 

“हामीलाई नाकामा छल्न प्रायः महिला रोजगारीका लागि भारतको सिमला र आफन्त भेट्न दिल्लीसम्म जान लागेको भन्छन्”, माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भनिन, “दिल्ली र सिमला भन्ने प्रायः महिला तेस्रो मुलुक जान लागेका हुन्छन्।” अधिकांश महिलालाई महिला दलालले नै भारत लैजाने गरेको पाइएको छ। 

स्थलमार्ग भएर भारतको राजधानी दिल्ली जाने सबैभन्दा कम दूरीको नाका भएकाले यहाँ मानव बेचबिखन निकै चुनौतीपूर्ण रहेको भट्टको भनाइ छ। पछिल्लो समय भारत हुँदै अवैध रुपमा बहराइन, दुवई, कुवेत, किर्गिस्तान, मलेसियालगायत मुलुकमा जाने क्रम बढेको छ। 

“पहिले जस्तो भारतकै कोठीमा बेचिने क्रम अलि कम भएको छ,” संयोजक भट्टले भनिन, “अहिले दलाल समूह युवतीलाई अनेकन प्रलोभनमा पारेर तेस्रो मुलुक पठाउने काममा बढी सक्रिय देखिन्छ।” 

बिचौलियाको समूहबाट युवतीसँगै घरका अन्य सदस्य पनि विश्वासमा परेर महिलालाई दिल्ली हवाईमैदानसम्म पु-याउन आफै जाने गरेका छन्। “सबै कागजात दिल्लीमै छ भनेर लगिन्छ”, उनले भनिन, “विश्वासमा परेर आफन्तहरु नै सीमा कटाउन संलग्न भएका धेरै घटना छन्।” 

माइती नेपाल कञ्चनपुरले एक महिनामा १० देखि १२ महिलालाई सीमाबाट उद्धार गरिरहेको तथ्याङ्क छ। “हामीले कञ्चनपुरकै महिलालाई समेत केही समयअघि कुवेत जाने तयारी गरिरहेका अवस्थामा दिल्लीकै हवाईमैदानबाट उद्धार ग-यौँ”, उनले भनिन, “आर्थिक प्रलोभन, बेरोजगारी र गरिबीकै कारण महिला रोजगारीका नाममा दिनहुँ बेचिँदैछन।” 

गड्डाचौकी नाका हुँदै रोजगारीका लागि भारत भएर तेस्रो मुलुक जाने महिला सिन्धुपाल्चोक, नुवाकोट, काभ्रे, रसुवालगायत जिल्लाका बढी रहेको माइती नेपाल कञ्चनपुरकी संयोजक भट्ट बताउँछिन। 

“आफन्तहरुले महिलालाई सीमा कटाउन खोज्दा हामीलाई निकै समस्या हुनेगरेको छ,” उनले भनिन, “बुबा, दिदी, काकाहरु नै थाहा नपाएर पु-याउन हिँडेका हुन्छन्।” उनले काठमाडौँ–दिल्ली, पोखरा–दिल्ली चल्ने बसका कारणसमेत दलाललाई सहज भएको बताइन। 

“यहाँबाट सोझै बस चल्न थालेपछि त दलाल दिल्लीबाटै सक्रिय हुन थालेका छन्”, उनले जानकारी गराइन, “उद्धार गरिएका धेरै महिला दलालबाट आर्थिक प्रलोभनमा परी ठगिएका हुन्छन्।” 

पछिल्लो पाँच महिनायता भारतको पञ्जावबाट एक महिलाको उद्धार गरिएको छ। भारतभन्दा तेस्रो मुलुकमै बढी महिला लगिन्छन्। नियन्त्रणका लागि सीमामा दरिलो संयन्त्र आवश्यक छ। माइती नेपालले गत वर्ष यहाँको सिमानाबाट २२ महिलाको उद्धार गरेको थियो। 

माइती नेपालमा महिलाको खोजतलासका लागि सन् २०१७ मा २०४ जनाको निवेदन परेको थियो। संयोजक भट्ट भन्छिन, “ती मध्ये २८ जना मात्रै भेट्टिए, ५५ जना हराएको यस वर्ष निवेदन परेको छ।” अहिलेससम्म १० जना मात्रै फेला परेका उनले बताइन। (रासस)







यसमा तपाईको मत

अन्य समाचार

“पल्सर डेयर भेन्चर ४” शुरु (भिडियो)

“पल्सर डेयर भेन्चर ४” शुरु (भिडियो)

बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले “पल्सर डेयर भेन्चर सिजन ४” रिफ्रेसड बाई स्प्राईट  लिएर आएको...

सिद्धार्थ बैंकमा चेक डिपोजिट मेसिन सुरु

सिद्धार्थ बैंकमा चेक डिपोजिट मेसिन सुरु

सिद्धार्थ बैंकले ग्राहकलाई प्रभावकारी सेवा दिने उद्देश्यले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । हाललाई उक्त सुविधा हात्तीसार शाखामा...

नेपालगन्जमा एनसेल सेन्टर

नेपालगन्जमा एनसेल सेन्टर

एनसेल प्राइभेट लिमिटेडले ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै नेपालगन्जको पुष्पलाल चोकमा बिहीबार नयाँ सुविधासम्पन्न नयाँ एनसेल सेन्टर सञ्चालन...

एसएमएल इसुजु फ्यागसिप सर्भिस सेन्टर सुरु

एसएमएल इसुजु फ्यागसिप सर्भिस सेन्टर सुरु

लक्ष्मी कमर्सियल भेहिकल प्रालिले एउटै छानामुनि सर्भिस सेन्टर र ग्लोबल सिरिजको ट्रक र ट्रिपरको नयाँ विश्वव्यापी शृंखला बजारमा ल्याएको छ...

एभरेस्ट बैंकले दियो हेमोडायलेसिस मेसिन

एभरेस्ट बैंकले दियो हेमोडायलेसिस मेसिन

एभरेस्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मनिपाल अस्पताललाई एक थान हेमोडायलेसिस मेसिन हस्तान्तरण गरेको छ । ...

चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर हुने

चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर हुने

ट्रेड डेभलपमेन्ट ब्युरो अफ मिनिस्ट्री अफ कमर्स अफ पिआर चाइना तथा चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित तिब्बत बोर्डर ट्रेड चेम्बरको...

भक्तपुरमा बाजेको सेकुवा

भक्तपुरमा बाजेको सेकुवा

मौलिक नेपाली स्वाद पस्कँदै आएको ‘बाजेको सेकुवा’ले भक्तपुरको गठ्ठाघरमा शाखा विस्तार गरेको छ । ...

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

नेपाल बंगलादेश बैंकले विश्व बाल दिवसको अवसरमा ललितपुरको धापाखेलस्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ थान ब्ल्यांकेट सहयोग गरेको...

Ncell Footer Ad