coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

महशुल नतिर्नेको विद्युत लाइन काट्न सुरु

धादिङ- नेपाल विद्युत प्राधिकरण धादिङले समयमा नै विद्युत महशुल नतिर्ने ग्राहकहरुको लाइन काट्न सुरु गरेको छ। लामो समयसम्म विद्युत महशुल नतिर्ने ग्राहकहरुको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण धादिङ शाखाले जानकारी दिएको छ। प्राधिकरणले १ साताको अवधीमा ७० जनाको विद्युत लाइन काटिदिएको थियो।

विद्युत महशुल नतिर्नेमा सरकारी कार्यालयहरु नै अगाडि देखिएका छन्। सरकारी कार्यालय अन्तर्गत सिंचार्इ, कर्मचारी मिलन केन्द्र, राष्ट्रिय अनुसन्धान, जिल्ला हुलाक, महिला विकास कार्यालय लगायतको लाइन काटिएको थियो। विद्युत लाइन काटिएलगत्तै सबै कार्यालयहरुले महशुल भुक्तान गरेर पुनः विद्युत जडान गरेको प्राधिकरणले जनाएको छ। अन्य सरकारी कार्यालयहरु जिल्ला प्रशासन, जिल्ला कारागार लगायतले पनि विद्युत लाइन काट्न थालेपछी महशुल भुक्तानीमा चासो देखाएका छन्।

महशुल तिर्न पटक पटक ताकेता गर्दा पनि अटेर गरिएकाले लाइन काटिएको विद्युत प्राधिकरण जिल्ला शाखा धादिङका प्रमुख ध्रुवराज कार्कीले जानकारी दिए। ‘बारम्बार ताकेता गर्दा पनि विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काट्न सुरु गरेका हौँ’, कार्कीले भने, ‘एक साताको अवधिमा ७० जना ग्राहकको लाइन काटेका छौं।’ कर्मचारी अभावका कारण विद्युत प्रसारण लाइन बनाउन र मर्मत गर्न नै कर्मचारी खटिनुपरेकाले नियमित रुपमा काम गर्न नसकेको कार्कीले बताए। 

धादिङको धार्के सव स्टेशन गजुरी सव स्टेशन र धादिङवेशी शव स्टेशन अन्तर्गतका गत साताबाट लाइन काट्ने अभियान सुरु गरिएको छ। कार्यालयका अनुसार महशुल नतिरेको ३ महिना भएको र विद्युत महशुल ५ हजार भन्दा बढी हुनेहरुको विद्युत लाइन काट्न थालिएको हो।

कार्यालयको लेखा शाखाका अनुसार अनुसार २ करोड ७५ लाख ६९ हजार २ सय ६३ रुपैयाँ उठ्न बाँकी रहेको छ। ७० जना उपभोक्ताको विद्युत लाइन काटिदिएपछि ५५ जनाले महशुल भक्तान गरेर विद्युत लाइन जोडिसकेका छन्। विद्युत लाइन काट्ने अभियान सुरु गरेपछि कुल २७ लाख ४७ हजार ४ सय ८८ रुपैया महशुल उठिसकेको छ।

प्रकाशित: २१ जेष्ठ २०७५ ११:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App