८ वैशाख २०८१ शनिबार
राजनीति

हिंसा, पृथकतावाद र विखण्डनवाद कुनै पनि हालतमा सैह्य हुँदैन : ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नामाङ्कन र राजधानीको विषयमा विवाद नगर्न आग्रह गरेका छन्।

सोमबार ३ नं प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजधानी लगायत अधिकारका विषयलाई छलफलका माध्ययमबाट टुङ्ग्याउन आग्रह गरे।

अधिकारका विषयमा स्थानीय, प्रदेश र केन्द्रमा विवाद देखिएको प्रसंगमा बोल्दै प्रधानमन्त्री ओलीले प्रदेशको नामाकरण र राजधानीका विषयमा साँघुरो भन्दा फराकिलो बाटोका माध्ययमबाट जान आग्रह गरे। 

जनताले उठाएका हरेक सवालको जवाफ दिन जनप्रतिनिधिहरुलाई आग्रह गर्दै ओलीले सरकारका काम कार्वाही पारदर्शी र लोकतान्त्रिक हुने दाबी गरे।

नेपाल अब समृद्धिको बाटोमा अघि बढिसकेको बताउँदै उनले भने, ‘हामी विकास र समृद्धिको बाटोमा हिडिसक्यौ, हिंसा नेपालमा जरुरी छैन, पृथकतावाद, विखण्डनवाद कुनै पनि हालतमा सैह्य हुँदैन। पृथकतावाद जस्तो राष्ट्रद्रोही अरु कोहि हुन सक्दैन। त्यसैले पृथकतावादमा कसैलाई नजान आग्रह गर्दछु।’ 

प्रकाशित: २१ जेष्ठ २०७५ ०९:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App