८ वैशाख २०८१ शनिबार
राजनीति

साँच्चैको लोकतन्त्र हेर्न नेपाल आउनुहोलाः ओली

फाइल तस्बिर

हेटौंडा– प्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चैको लोकतन्त्र हेर्न नेपालमा आउन आग्रह गरेका छन् । सोमवार ३ नं प्रदेश सभालाई विशेष सम्बोधन गर्दै प्रधानमनत्री ओलीले अबको पाँच वर्षमा साँच्चैको लोकतन्त्र कस्तो हुन्छ, त्यो हेर्न नेपाल आउनुहोला भने । ओलीले भने, ‘सगरमाथा हेर्न नेपाल आउनुपर्छ, गैंडा हेर्न नेपालमै आउनुपर्छ । अब साँच्चैको लोकतन्त्र हेर्न पनि पाँच वर्ष पछि नेपाल आउनुहोला। के के हुन्छ, अहिले नै नभनौ।’

प्रधानमन्त्री ओलीले राजनीतिले राजमार्ग फेला पारेको उल्लेख गर्दै गर्दै अब आफ्नो सरकार समृद्धि र विकासका लागि अब पाँच नम्बर गेयरमा गुड्ने बताए।

प्रधानमन्त्री ओलीले क्रान्तिका नाममा भ्रम नछर्न आग्रह गरे। ओलीले परिवर्तनका नाममा हिंसा नफैलाउन आग्रह गरे। ओलीले भने, ‘हिंसा नेपालमा जरुरी छैन । पृथकतावाद एवं विखण्डन नेपाललाई सैह्य छैन। अहिले शान्तिपूर्ण भनिएपनि त्यो चन्दा उठाउनकै लागि सीमित छैन।’

प्रकाशित: २१ जेष्ठ २०७५ ०८:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App