७ वैशाख २०८१ शुक्रबार
कला

‘पृथ्वी आफ्नै अक्षमा घुमिरहेछ’ परिचर्चा

काठमाडौँ – कथाकार देविका तिमिल्सिनाको नयाँ कृति ‘पृथ्वी आफ्नै अक्षमा घुमिरहेछ’बारे राजधानीमा परिचर्चा गरिएको छ । नेपाल वाङ्मय परिषदको आयोजनामा भएको कार्यक्रममा आरएम डंगोल एवम् डा. शान्तिमाया गिरीले कृतिमाथि चर्चा गर्दा पुरुषोतम सुवेदीले कथाकार तिमिल्सिनाको व्यक्तित्व एवम् उनको कथायात्राका बारे प्रकाश पारे।

आख्यानकारहरू नारायण ढकाल, इस्माली, गोपाल अश्क, पवन आलोकले लेखकलाई शुभकामना दिँदै समकालीन नेपाली कथा लेखनका प्रवृत्तिका बारे चर्चा गगरेका थिए । समालोचक डा. गिरीले तिमिल्सिनाका कथामा निम्नवर्गीय पात्रको जीवनसँगै अभिघातको प्रयोग भएको बताइन् । उनले अभिघातका सिद्धान्तअनुसार कृतिमा हिंसात्मक गतिविधिको समर्थन भएको एवम् फरक विचारप्रति असहिष्णु भएकोतर्फ संकेत गरिन्।

अर्का समीक्षक डंगोलले कृति नेपालको राजनीतिक आन्दोलनमा पञ्चायतकालदेखि वर्तमानसम्मको समय आएको र वर्गीय पक्षधरतासहित आएकोले प्रगतिशिल धारको प्रतिनिधित्व गरेको विचार राखे । डंगोलले तिमिल्सिनाका कतिपय कथामा आलोचनात्मक यथार्थवाद समेत आएको विचार व्यक्त गरे।

समीक्षक पुरुषोतम सुवेदीले तिमिल्सिना नेपालको वाम आन्दोलनमा सशरीर संघर्षको मैदानका साथै लेखनमा पनि सशक्त रुपमा आएको कुरा राखे । सुवेदीले तिमिल्सिनाका कथामा विचारको पक्ष सशक्त रुपमा आएको र उनी जनपक्षधर स्रष्टा भएको विचार व्यक्त गरे ।

प्रकाशित: २१ जेष्ठ २०७५ ०६:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App