coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

मिस एसइई चितवनको उपाधि निशालाई

मिस एसइई चितवनको उपाधि विजेता निशा खत्रीसँगै अन्य विजयी ।तस्बिरः सविता/नागरिक

चितवन– ओइसिसी मिस एसइई स्टार चितवन २०१८ को उपाधि भरतपुरकी निशा खत्रीले जितेकी छिन् । एसइई परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर लिभ एन्ड लिड इन्टरनेसनलले प्रतियोगिताको आयोजना गरेको हो।

विद्यार्थीलाई कला क्षेत्र, सामाजिक तथा शैक्षिक अभियान र नेतृत्वदायी भूमिकामा सहभागि गराउन कार्यक्रम आयोजना गरिएको मिडिया कोअर्टिनेटर अनिल घिमिरेले जानकारी दिए।निशाले प्रतियोगिताको टाइटलसँगै मिस फ्रेन्डसिपको उपाधि पाएकी छिन् । नारायणी नमुना माविबाट एसइई दिएकी उनले ५० हजार नगद र अक्सफोर्ड कलेजमा पूर्ण छात्रवृत्ति पाएकी छिन् । प्रतियोगितामा भण्डाराकी शीर्षक भण्डारी फस्ट रनरअप भइन् ।

ग्लो साइन एकेडेमीबाट एसइई दिएकी नगद ३० हजारसँगै उनले पनि अक्सफोर्ड कलेजमा पूर्ण छात्रवृत्ति पाएकी छिन्।सेकेन्ड रनरअफ भएकी भरतपुरकी ऋतिका रानाभाटले सब टाइटल तर्फ मिस मल्टिमिडिया र वेस्ट क्याटवाक प्राप्त गरिन् । ज्ञान दर्शन स्कुलकी विद्यार्थी उनले नगद २० हजार सहित ५० प्रतिशत छात्रवृत्ति पाएकी छिन् । रत्ननगरकी स्मृति रानाभाट थर्ड रनरअफ र भरतपुरकी शिवानी परियार फोर्थ रनरअप भए।

नेपाल डायरिजको व्यवस्थापन र कायाकैरन मिडिया नेटवर्कको सहकार्यमा आयोजना गरिएको प्रतियोगिताका लागि ८७ जनाले अडिसन दिएका थिए । अन्तिम छनौटमा परेका २६ जना बीचको अन्तिम प्रतिस्पर्धा शनिबार साँझ गरिएको थियो ।

 

प्रकाशित: २१ जेष्ठ २०७५ ०६:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App