coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लिखुका युवाबाट २१ नयाँ उपकरण आविस्कार

नुवाकोट – ‘नुवाकोट विज्ञान क्लब’मा आबद्ध यहाँको युवा विद्यार्थीले विभिन्न २१ प्रकारका आधुनिक तथा विद्युतीय माध्यमका नयाँ उपकरण आविस्कार गरेका छन्।

लिखु गाउँपालिकामा जन्मेर डिप्लोमा इञ्जिनियर अध्ययनरत विद्यार्थी मिलेर क्लबमार्फत ड्रोन, सुरक्षा संवेदनशीलता उपकरण, हाइड्रोलिक डोजर, सेन्सरलगायतका पछिल्लो समयको विकसित आधुनिक उपकरण आविस्कार गरेका हुन्।

उक्त उपकरण लिखु गाँउपालिका–१ स्थित नारायणदेवी माविमा प्रदर्शनीसमेत गरिएको छ। अध्ययनको क्रममा सिकेको सीपलाई अभ्यासको माध्यमबाट व्यवहारमा उतार्न सफल भएको क्लबका अध्यक्ष नरेश्वर पाण्डेले जानकारी दिए।

‘बट्टारस्थित शुभेनियर बोर्डिङ स्कूलबाट वि.सं. २०७२ को माध्यमिक शिक्षा परीक्षामा लिखु गाउँपालिकाबाट सहभागी विद्यार्थी मात्र क्बलमा आबद्ध छौँ’ अध्यक्ष पाण्डेले भने, ‘विद्यालयतह, दश जोड दुई र हाल केन्द्रीय क्याम्पसमा डिप्लोमा इन इञ्जिनियर अध्ययनको क्रममा पाठ्यक्रममा उल्लेखित विषयवस्तुको सहयोगले नयाँ उपकरणको आविस्कार गर्न सफल भएका हौँ।’

क्लबमा आबद्ध युवा विद्यार्थीले निर्माण गरेको राति आफैँ बल्ने र दिउँसो आफैँ निभ्ने बत्ती, सेन्सरमार्फत चल्ने स्वचालित धारो र स्वचालित पानी तान्ने उपकरण, हाइड्रोलिक डोजर, विद्युतीय नियन्त्रक उपकरणलगायतका प्रविधि प्रयोग गर्न सकिने गरी निर्माण गरिएको छ।

ड्रोनको निर्माण अन्तिम चरणमा पुगेकाले अब परीक्षणको क्रममा रहेको तर, सञ्चालन तथा उपयोगको लागि कानूनी समस्याले ढिलाइ भइरहेको पाण्डेले बताए। २१ प्रकारका नयाँ आविस्कार निर्माण गर्न पाँच लाख खर्च भएको र त्यसमा केही लिखु गाउँपालिकाको समेत सहयोग छ। उनले सामग्री खरिदमा धेरै लगानी नहुने भए पनि यसमा धेरै मिहेनत लाग्ने गरेको उनले बताए। रासस

प्रकाशित: २१ जेष्ठ २०७५ ०६:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App