८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अमेरिकामा आप्रवासीलार्इ पक्राउ गरी अदालतमा मुद्दा दायर गर्न सुरू

तस्विर : एजेन्सी

अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका आप्रवासीमाथि कानुनी कारवाही थालिएको छ। उनीहरुलाई पक्राउ गरी आपराधिक मुद्दा दायर गर्न थालिएको हो।

अमेरिकाको एक संघीय अदालतमा दर्जनौं आप्रवासीलाई उपस्थित गराएर सामूहिक सुनुवाई गरिएको छ। अदालतभित्रको समाचार एजेन्सीहरुका अनुसार टेक्सासस्थित संघीय अदालतमा अवैध आप्रवासीहरुमाथि भइरहेको सामूहिक सुनुवाईको तस्वीर सार्वजनिक भएकाे छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा बस्दै आएका अवैध आप्रवासीको संख्या कटौती गर्ने नीति अघि सारेका छन् । उनले अमेरिकामा यसअघि विभिन्न मुलुकका नागरिकलाई दिदैं आएको अस्थायी आवास अनुमतिको सुविधा हटाउन लागेका हुन्।

आप्रवासीका कारण मुलुकको सुरक्षा व्यवस्था कमजाेर हुन पुगेकाे भन्दै अमेरिकी सरकारले यस्ताे नीति लिएकाे हाे। गृहयुद्ध, प्राकृतिक विपद्, भोकमरी लगायतका संकट झेल्दै आएका मुलुकका नागरिकका लागि अमेरिकाले यसअघि अस्थायी बसोबासको अनुमति दिदैं आएको थियो।

प्रकाशित: २१ जेष्ठ २०७५ ०५:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App