coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पारा तेक्वान्दोलाई मेन्टरको साथ

काठमाडौं – मेन्टर कन्सल्टेन्सीले नेपाली पारा तेक्वान्दो खेलाडीलाई आवश्यक पर्ने खेलपोसाक, सामग्रीसँगै खुराक खर्च प्रायोजन गर्ने भएको छ।

आइतबार नेपाल पारा तेक्वान्दो कमिटीका संयोजक कसिम मियाँ धोबी र मेन्टरका प्रबन्ध निर्देशक हेमन्त भट्टराईले सम्झौतापत्रमा हस्ताक्षर गरे। साथै, प्रायोजक मेन्टरले दुई वर्षको अवधिमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने पारा तेक्वान्दोलाई नगदसहित सम्मान पनि गर्ने जनाएको छ।

निर्देशक भट्टराईले सामाजिक उत्तरदायित्वअन्तर्गत खेलाडीलाई सहयोग गरेको बताउँदै टोकियो ओलम्पिकमा सहभागी हुने खेलाडीलाई पनि सहयोग गर्ने आश्वासन दिए।

पारा तेक्वान्दो कमिटीका सचिव एवं तेक्वान्दो संघका प्रवक्ता दीपक विष्टले फरक क्षमता भएका खेलाडीका लागि सहयोगी हात फैलाएकोमा मेन्टरलाई धन्यवाद दिए।

सोही अवसरमा अन्तर्राष्ट्रिय पारा तेक्वान्दोका पदक विजेता पलेशा गोवद्र्धन, रञ्जना धामी र सीता भण्डारीलाई मेन्टरले नगद १० हजार रुपैयाँसहित सम्मान गरेको थियो।

प्रकाशित: २१ जेष्ठ २०७५ ०५:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App