८ वैशाख २०८१ शनिबार
अन्य

मन्दिरमा पूजासँगै मुसाको संरक्षण

घरमा मुसाले दुःख दिएर हैरान हुनुहुन्छ ? कतिपटक मुुसाले कपडा नै काटिदिएर लाउन नमिल्ने बनाएको होला । धेरैले मुसा भगाउन अनेक उपाय पनि गरिरहेका हुन सक्छन् ।

तर, कुनै ठाउँमा मुसा संरक्षण गरिन्छ भन्ने सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ । टाढाको कुरा होइन, काठमाडौं उपत्यकामै एउटा त्यस्तो मन्दिर छ, जहाँ मुसाका लागि दैनिक खानेकुरा छुट्याउने गरिन्छ ।पाटन दरबार क्षेत्रनजिकै रहेको हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल) त्यस्तो धार्मिकस्थल हो, जसको नाम पनि मुसाको नामबाट राखिएको छ, जहाँ मुसालाई दैनिक खान्की छुटाइन्छ।

मन्दिर बनेसँगै मुसाको इतिहास जोडिएकाले अहिलेसम्म संरक्षण भइरहेको हिरण्यवर्ण महाविहार संरक्षण समितिका अध्यक्ष विकास धाख्वा बताउँछन् । उनका अनुसार शाक्यमुनि बुद्ध विराजमान भएको गण्डक कुटी नामको कोठामा मुसाका लागि दैनिक खानेकुरा छुुट्याइने गरिन्छ । त्यस्तै, साँझको नित्य पूजापछि मुसाका लागि खान्की राखेर कोठा बन्द गरिन्छ । उनी भन्छन्, ‘मुसालाई पनि भाग छुटाइन्छ । मुसाले छुट्याएको भाग खाएर बस्छन् ।’सबैभन्दा अनौठो त यी मुसाले अन्य मुसाले जस्तो क्षति गर्दैनन् । धाख्वा भन्छन्, ‘मन्दिर परिसरको मुसाले कुनै पनि ठाउँमा अहिलेसम्म प्वाल पारेको वा कुनै सामानमा क्षति पुयाएका छैनन् ।’ अन्य मुसाभन्दा यी मुसा फरक प्रकृतिका रहेको उनले बताए।

स्वयम्भू चैत्य स्थापना भएपछि यस ठाउँमा सुनजस्तै वर्णको र हीराजस्तै चम्कने आँखा भएको हिरण्यिक मुसाले बास गरेको थियो । यही ठाउँमा महाविहार बनेकाले महाविहारको नाम मुसाको नामबाट हिरण्यवर्ण रहन गएको हो ।

मन्दिर परिसरमा मात्रै होइन, यी मुसाले छिमेकमा कतै गएर दुःख दिएको अहिलेसम्म थाहा छैन । महाविहारका मुसा पहिलेदेखि अहिलेसम्म नै शान्त र ज्ञानी स्वभावको भएको यहाँका बासिन्दा बताउँछन् ।स्वयम्भू चैत्य स्थापना भएपछि यस ठाउँमा सुनजस्तै वर्णको र हीराजस्तै चम्कने आँखा भएको हिरण्यिक मुसाले बास गरेको थियो । यही ठाउँमा महाविहार बनेकाले महाविहारको नाम मुसाको नामबाट हिरण्यवर्ण रहन गएको हो ।

लिच्छवि राजा भाष्करदेवका पालामा आजु चक्रेश्वर दैनिक गुह्येश्वरीको दर्शनका लागि जान्थे । जाडोका बेला एक दिन उनी बाटो बिराएर भग्नावशेष भएको पिंगला विहार पुगे । त्यहाँ एउटा चैत्य देखेपछि उनी दैनिक त्यहाँ जान थाले ।
त्यस ठाउँमा आफ्ना मूर्ति पुरिएको र त्यसलाई प्रतिस्थापना गर्दा पुण्य मिल्ने भगवान् बुद्धले बताएको आजुले सपना देखे । राजा भाष्करदेवलाई उनले यो कुरा सुनाए । राजाले मूर्ति भएको स्थान उत्खनन गरेर शंखमूलबाट पाटन भिœयाए, तर मन्दिर नबन्दासम्म त्यसलाई तत्काल न्याः चुकमा राख्ने र आजुले दैनिक पूजा गर्ने कुरा बताए । त्यसपछि राजाले नयाँ विहार (न्याः बहा) बनाएर उक्त मूर्र्ति त्यहाँ सारेका थिए ।

एक दिन भगवान् बुद्धले नयाँ विहारभन्दा पनि रत्न चैत्यमा आफूलाई लैजाँदा पुण्य हुने भनी हिरण्यिक मुसा बास बसेको स्थानमा जान इच्छा देखाएको राजाले सपना देखे । राजाले यस विषयमा ज्योतिषसँग सल्लाह गरे । ज्योतिषहरूले सुनौलो वर्ण र हीराजस्तै टल्कने आँखा भएको मुसा स्वयम्भू रत्न चैत्यको पश्चिम दिशामा रहेको प्रमाणित गरे । सोहीअनुसार यस ठाउँमा हिरण्यवर्ण महाविहार बनाइएको हो।

राजा भाष्करदेवले नेपाल संवत् १६५ देखि १६७ सम्म दुई वर्ष लगाएर मन्दिर बनाएको इतिहासमा उल्लेख छ ।यो महाविहारमा पाँच हजार सर्वसंघ सदस्य छन् । मन्दिरमा एक पाका व्यक्ति र एक बालक गरेर दुई पुजारी रहन्छन् । जसमध्ये बालक मुख्य र पाका व्यक्ति सहायक पुजारी हुन् ।मन्दिर परिसरमा धेरै मुसा छन्, तर यति संख्यामा छन् भन्ने यकिन भने छैन ।(रासस)

प्रकाशित: २१ जेष्ठ २०७५ ०३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App