७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘सरकार संविधानविपरीत अघि बढ्यो’

काठमाडौं – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले केपी ओली नेतृत्व सरकार नयाँ संविधानअनुसार अघि बढ्न नसकेको बताएका छन्। नेपाल विद्यार्थी संघले मुलुकको आर्थिक समृद्धिका लागि प्राविधिक शिक्षाको महत्वका विषयमा आइतबार राजधानीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता पौडेलले सरकार संविधानको र्मम र भावनाविपरीत चलिरहेको आरोप लगाएका हुन्।

मुलुक संघीयतामा गइसक्दा पनि सरकारले त्यसविपरीत बजेट विनियोजन गरेको धारणा राख्दै पौडेलले संविधान बाहिर नहिंड्न सरकारलाई सचेत गराएका छन्। ‘यो सरकारले संविधान कार्यान्वयनका लागि सकारात्मक कुनै संकेत देखाउन सकेको छैन,’ उनले भने, ‘संघीयताको सही मान्यता भनेको राज्यले विकास निर्माणको बजेट सांसद्लाई दिने होइन।’

‘यो सरकारले संविधान कार्यान्वयनका लागि सकारात्मक कुनै संकेत देखाउन सकेको छैन। संघीयताको सही मान्यता भनेको राज्यले विकास निर्माणको बजेट सांसद्लाई दिने होइन।’

प्रदेश र स्थानीय तहलाई विकास उपलब्ध गराउने र जनताले त्यहीबाट विकास खोज्ने अहिलेको व्यवस्था भएको जिकिर गर्दै उनले भने, ‘यो सरकार संघीयतालाई कार्यान्वयन नगरेर पुरानै ठाउँमा र्फकन लागिपरेको छ।’

सरकार संविधानलाई तोडमोड गर्न बीचमै गोलमाल गर्न लागि परेको आरोप लगाउँदै पौडेलले कम्युनिष्ट पार्टीहरूको अझै सिद्धान्त टुंगो लाग्न नसकेको दाबी गरे। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतासँगै सबै नीति र सिद्धान्त विर्सजन गरेको तर्क गर्दै उनीहरूको बोली र वचनमा कुनै ठेगान नभएको बताए।

‘जनतामाझ आफूहरू कम्युनिष्ट भएको भन्दै मत माग्ने र विदेशी दातासामु सोसियल डेमोक्रेट्स हौँ भन्दै सहयोग माग्ने ठग प्रवृत्ति जारी छ,’ उनले भने। प्राविधिक शिक्षा, प्रकृतिक स्रोत र साधनलाई एकैसाथ अघि बढाउन सकेमात्र मुलुकले आर्थिक संमृद्धि हासिल गर्न सक्ने जिकिर गर्दै पौडेलले भने, ‘प्रविधीक शिक्षाका माध्यामबाट नागरिकलाई क्षामतावान बनाउन सकेमात्र मुलुकको समृद्धिमा सहयोग पुग्नेछ। सरकारले यसतर्फ ध्यान दिन जरुरी भएको छ।’

देशको विकास हुनका लागि राजकाज ठीक हुनुपर्ने बताउँदै पौडेलले कांग्रेस राम्रो भए मात्र मुलुकको शासन व्यवस्था सही ढंगबाट अघि बढ्ने बताए। राजधानीमा आयोजित एक अर्को कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभासहित तीनै तहको निर्वाचनले मात्र संविधानको कार्यान्वयन पूरा नभएको जिकिर गर्दै सरकारले संविधान कार्यान्वयनमा कुनै चासो नदिएको आरोप लगाए।

संघीयता, समावेशीताको खिलापमा सिन्डिकेट खडा गर्न सरकारले सम्पूर्ण समय खर्च गरेको आरोप निधिले लगाए। संघीयता कार्यान्वयनमा सरकारले एक दिन पनि खर्च नगरेको आरोप लगाउँदै उनले भने, ‘सरकारी काममा होइन दलीय काममा सय दिन खर्च भएको छ।’

दुई छिमेकी देशलाई खुसी बनाउन र चाकडी गर्नमै सरकारले समय गुजारेको आरोप लगाउँदै निधिले पार्टी एकता, चीन र भारतको चाकडी तथा आत्मकेन्द्रित प्रशंसामै केन्द्रित रहेको उनको आरोप छ। ‘वर्षौंदेखिको हुलाकी राजमार्ग बनाउने कुरा भारतले होल्ड गरेर राखेको छ,’ निधिले भने, ‘अब काठमाडौंमा रेल ल्याउने कुरा पनि त्यसैगरी होल्ड गरेर राख्छ।’

प्रकाशित: २१ जेष्ठ २०७५ ०२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App