७ वैशाख २०८१ शुक्रबार
अर्थ

सहकारीे अभिलेख हस्तान्तरण

ऐसेलुखर्क गाउँपालिकाका प्रमुख बिश्वनाथ निरौलालाई सहकारीको अभिलेख हस्तान्तरण गर्दै जिसस प्रमुख बबी चामलीङ (वायाँ) । तस्बिर : दमन राई-नागरिक

खोटाङ – खोटाङका स्थानीय तहलाई सहकारीको अभिलेख हस्तान्तरण गरिएको छ । राज्यको पुःर्नसंरचनासँगै अधिकांश कार्यालयलाई स्थानीय सरकारको मातहतमा लैजानेक्रममा नेपाल सरकार कृषि भूमी व्यवस्था तथा सहकारी व्यवस्थापन सहकारी बिभाग डिभिजन सहकारी कार्यालय उदयपुरले जिल्लामा सञ्चालनमा रहेका १२६ सहकारीको अभिलेख दुई नगरपालिका र आठ गाउँपालिकालाई हस्तान्तरण गरेको हो।

सोमबार जिल्ला समन्वय समितिको सहभाहलमा आयोजित स्थानीय तहका पदाधिकारी तथा अधिकृतको दुई दिने अभिमुखीकरण तथा सहकारी अभिलेख हस्तान्तरण कार्यक्रम उद्घाटनको अवशरमा सहकारी बिभाग डिभिजन सहकारी कार्यालयले स्थानीय तहका प्रमुख तथा प्रतिनिधिलाई सम्बन्धित पालिकाको सहकारीको अभिलेख हस्तान्तरण गरेको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बबी चामलीङले नगर÷गाउँपालिकाका प्रमुख तथा प्रतिनिधिलाई सम्बन्धित पालिकाको सहकारीको अभिलेख हस्तान्तरण गरेका छन्।

नगरपालिका वा गाउँपालिकाभित्र मात्र कार्यक्षेत्र भएका १२६ सहकारीलाई स्थानीय तहको मातहतमा हस्तान्तरण गरिएको सहकारी बिभाग डिभिजन सहकारी कार्यालयका सहकारी अधिकृत जितमान जिमीले बताए । सम्बन्धित पालिकाभित्र मात्र कार्यक्षेत्र भएका आधारमा रुपाकोट मझुवागढी नगरपालिकाका ४३, हलेसी तुवाचुङ नगरपालिकाका २४, ऐसेलुखर्क गाउँपालिकाका ७, रावाबेँसी गाउँपालिकाका १०, केपीलासगढी गाउँपालिकाका ४, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका १२, साकेला गाउँपालिकाका ४, खोटेहाङ गाउँपालिकाका ११, बराहपोखरी गाउँपालिकाका ३ र जन्तेढुंगा गाउँपालिकाका ८ सहकारीको अभिलेख स्थानीय तहलाई हस्तान्तरण गरिएको हो।

जिल्लामा सञ्चालमना रहेका १४२ सहकारीमध्ये दुई नगर÷गाउँपालिका वा सोभन्दा बढि कार्यक्षेत्र भएका आधारमा १५ सहकारीलाई प्रदेश सरकारलाई तथा दुई वा दुई भन्दा बढि प्रदेशमा कार्यक्षेत्र भएका १ वटा सहकारी केन्द्रलाई बुझाइने सहकारी अधिकृत जिमीले बताए ।

 

प्रकाशित: २१ जेष्ठ २०७५ ०१:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App