coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एसियन लाइफको १०औं सभा सम्पन्न

काठमाडौं– एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।वीरगन्जमा शनिबार सम्पन्न सभाले आव ०७३-७४ को बाँडफाँड योग्य खुद मुनाफामध्ये चार करोड ८३ लाख ३५ हजार पाँच सय ९४ रुपैयाँ बराबरको रकम लाभांशको रुपमा बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

उक्त प्रस्ताव पारित भएसँगै कम्पनीको चुक्ता पुँजी एक अर्ब २५ करोड ६७ लाख २५ हजार चार सय ५४ रुपैयाँ पुग्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।त्यस्तै, सभाबाट १ः०.६० को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावसमेत पारित भएको छ । त्यसपछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब एक करोड सात लाख ६० हजार सात सय २७ पुग्ने कम्पनीले जनाएको छ ।
 

प्रकाशित: २१ जेष्ठ २०७५ ०१:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App