८ वैशाख २०८१ शनिबार
राजनीति

३१ बर्षदेखि निर्माणाधिन कोटवाडा विमानस्थलको पर्यटनमन्त्रीद्धारा अनुगमन

पवित्रकुमार शाही

कालिकोट- संस्कृति,पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनबहादुर शाहीले तीन दशकदेखि निर्माणाधिन विमानस्थलको अनुगमन गरेका छन्। मुगुको ईलाका प्रशासन कार्यालय सोरुकोटको उद्घाटन गरेर फर्कँदै गर्दा शाहीले विमानस्थलको अनुगमन गरेका हुन्।  मन्त्री शाहीले आफ्नो कार्यकालभित्रै ३० बर्षदेखी निर्माणाधिन कोटवाडा बिमानस्थल संचालनमा ल्याउने स्थानीयसंग प्रतिबद्धता गरेका छन्। मन्त्री शाहीले भने,‘कर्णालीको पर्यटन क्षेत्रको विकासको लागि अहिले विमानस्थलको आवश्यकता छ, मेरै कार्यकालमा जहाज अवतरण गर्छु।’ कर्णालीको पर्यटन क्षेत्रको विकास र प्रर्वद्धनको लागि फराकिलो मनले सोच्नु पर्ने र  पर्यटन क्षेत्रको विकास भयो भने मात्रै कर्णाली समृद्ध हुने मन्त्री शाहीले बताए।

उनले भने,‘सबैको साथ सहयोग आवश्यक छ, मेरो कार्यकाल अब ८ महिनामात्रै बाँकी छ, यो बीचमा सबैको साथ सहयोग रह्यो र कानुनी अवरोध भएन भने जहाज कोटबाडामा अवतरण गर्छौ।’ मन्त्री शाहीले कर्णालीको पर्यटनको विकासबाट मुलुक नै समृद्ध हुने स्पष्ट पारे।

विमानस्थल शिलान्यास गरेको ३१ वर्ष वितिसकेको छ। २०४२ सालमा जिल्ला विकास समितीको १ लाखको लागतमा विमानस्थलको काम सुचारु गरिएको थियो।

विमानस्थल निर्माणको लागि करीब १७ करोड बजेट खर्च भईसकेको नागरिक तथा उड्डयन प्राधिकरणले जनाएको छ।

प्रकाशित: १७ भाद्र २०७३ ११:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App