६ वैशाख २०८१ बिहीबार
समाज

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध, यात्रु अलपत्र

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चार किलो भन्ने स्थानमा आज अपराह्न पहिरो खसेर सडक अवरुद्ध भएको छ। 

इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा आज अपराह्न ४ बजेको समयमा पहिरो खसेर सडक अवरुद्ध भएको चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए। 

सडक निर्माण कार्य हुँदै गर्दा एक्कासि सडकमाथिबाट सुख्खा पहिरो खसेको हो। उक्त स्थानमा तीन स्काभेटरको प्रयोग गरेर पहिरो हटाउने काम जारी छ। 

शुरुमा पहिरो खस्ने क्रम नरोकिएकाले केही समय पहिरो हटाउने कार्य सञ्चालन गर्न नसकिएपनि अहिले भने पहिरो हटाउने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

पहिरोका कारण चितवनबाट काठमाडौँ, पोखरालगायत ठाउँमा जाने र चितवन आउने सवारी अहिलेबीच बाटो मै रोकिएका छन्। 

बिहान १० बजेदेखि रोकिएका सवारीसमेत जान पाएका छैनन्। यहाँ सडक निर्माण कार्य जारी रहेकाले विहान १० देखि अपराह्न ४ बजेसम्म सवारी रोकिँदै आएको छ। 

प्रकाशित: २० जेष्ठ २०७५ १५:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App