नेतृत्व सच्चिएपछि म विद्रोहबाट पछि हटे : भीम रावल

आइतबार, २० जेठ २०७५, २१ : २१ नागरिक

धनगढी– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीमबहादुर रावलले नेतृत्व सच्चिएपछि आफू विद्रोहबाट पछि हटेको बताएका छन्। 

आइतबार धनगढीमा पत्रकारहरुसंग कुरा गर्दे रावलले जो पायो त्यही व्यक्तिलाई केन्द्रीय कमिटीमा लिन खोज्दा आफू विद्रोहमा उत्रिएको पनि स्पष्ट पारे। एमाले र माओवादी एकीकरण हुँदा तपाईले विद्रोह गर्ने चर्चा थियो नि भन्ने प्रश्नमा उनले भने– ‘पार्टीको मर्यादा, अनुशासनमा नबस्ने, अश्लील शब्द प्रयोग गर्ने, बोलीचालीको भाषामा भन्दा छाडा किसिमले जे पायो त्यही गर्नेलाई केन्द्रमा ल्याउन खोजिएकोले विद्रोहको कुरा गरेको हो। तर, पार्टीले त्यो सच्याएपछि म पछि हटे’

नेता रावलले वर्तमान सरकार र पार्टी उच्च तहमा प्रदेश ७ को यथोचित प्रतिनिधित्व नभएको गुनासो गरे। तत्कालिन सुदूरपश्चिम र अहिलेको ७ नम्बर प्रदेश आर्थिक, सामाजिक र राजनीतिक हिसाबले पनि पछाडि परेको सन्दर्भमा सरकारमा उचित प्रतिनिधित्वका विषयमा पार्टीको प्रदेश कमिटी र, बजेटमा प्राथमिकताका विषयमा प्रदेश ७ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै सांसदले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटी माग राखेपनि उचित व्यवस्था नभएको उनको भनाई छ।

‘हामीले तत्कालिन प्रधानमन्त्री र नेपाली कांग्रेसका पार्टी सभापतिको पार्टी काग्रेसलाई कमजोर बनाएर झण्डै एकलौटी जित्यौ। तरपनि सरकार र एकीकरण भएको पार्टीमा ७ नम्बर प्रदेशको उचित मूल्यांकन भएन’, उनले गुनासो दोहोर्याए।






यसमा तपाईको मत

अन्य समाचार

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

पुरानो रेजर फोन कै डिजाइनमा आधारित भएर यस नयाँ डिजाइनलाई निर्माण गरिएको छ ...

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

निर्मल पूर्जा, ‘निम्स दाई’ ले यस भन्दा अगाडी पनि पर्वतारोहणका सम्बन्धमा अनेक विश्व किर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् ।

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल १२ देखि २४ नोभेम्बरसम्म अल्फ्ट काठमाण्डु ठमेलमा चलिरहेको छ। ...

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेस ग्रुपद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण गरिएको छ। ...

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमले एकैपटकमा धेरैजनालाई एकै प्रकारको सन्देश पठाउन मिल्ने बल्क एसएमएस सेवा उपलब्ध गराएको छ । ...

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी तीनकुनेबीच सेवा सुविधामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी सेलपे सेवाले दोस्रो चरणको स्टल एक्टिभेसन सरु गरेको छ । ...

कुसोममा एनआइबिएल

कुसोममा एनआइबिएल

नेपाल इन्भेस्टमेन्ट बैंकले ललितपुरको बालकुमारीस्थित काठमाडौं स्कुल अफ म्यानेजमेन्टमा विस्तारित काउन्टर खोलेको छ । ...

Ncell Footer Ad