coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अर्थमन्त्रीले साहस गर्न सक्नुभएन : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले सांसदलाई बजेट दिने कुरा संघीयता र संसदीय व्यवस्थाको विपरित भएको बताएका छन्।

आइतबार संसदमा प्रस्तुत आव २०७५/७६ को बजेटमाथि टिप्पणी गर्दै नेता थापाले मन नलागेर अर्थमन्त्रीले स्थानीय तहको समन्वयमा सांसदलाई ४ करोड दिनेगरी बजेट ल्याउनु गलत भएको बताए। 

थापाले भने– बजेट ल्याउँदा अर्थमन्त्रीले साहस गर्नसक्नुभएन। सांसदहरुले भन्नुभएको विकास निर्माणमा नीतिगत कुरामा हाम्रो सहभागिता चाहिन्छ भन्ने हो। तर निर्वाचन क्षेत्र पूर्वाधार कोषको कार्यक्रमलाई नयाँ नाम दिएर ल्याउने कुराको सन्दर्भमा अर्थमन्त्रीले भन्नुभयो मलाई मन थिएन मैले गर्नुपर्यो। म जोड दिएर भन्न चाहन्छु यो कार्यक्रम आवश्य नै थिएन, यो कार्यक्रम संघीयता र संसदीय व्यवस्थाको मर्मविपरित छ। यो कार्यक्रमलाई हटाउने साहस गर्नसक्नुपर्छ। सांसदसँग साहस गर्न नसकेपछि मन्त्रीसँग पनि सकिदैन। कार्यक्रम हेरेर भन्न सकिन्छ मन्त्रालयले दिएका कुनैपनि कार्यक्रम अर्थमन्त्रीले काट्न सक्नुभएको छैन। रकम थोरै दिनुभएको होला तर अनावश्यक विषयमा बजेट कटौती र नयाँ कार्यक्रम थप्न सकिन्थ्यो। यसतर्फ ध्यानाकर्षण होस्।

प्रकाशित: २० जेष्ठ २०७५ १०:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App