coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वीरेन्द्रनगरमा खानेपानी आपूर्ति अवरुद्ध

स्काभेटरले क्षति पुर्याएको खानेपानीको पाइपलाइन । तस्बिर : नागरिक

सुर्खेत– सडक निर्माणका क्रममा पाइपलाइनमा क्षति पुगेपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानी आपूर्ति अवरुद्ध भएको छ। सडक निर्माणका क्रममा शनिबार बेलुका स्काभेटरले झुप्रा खोलाको पाइपलाइनमा क्षति पु¥याएको हो। मुख्यस्रोत अवरुद्ध हुँदा उपत्यकामा खानेपानीको अभाव भएको छ।

उपत्यकामा खानेपानी आपूर्ति गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता समितिका अनुसार झुप्रा खोलाबाट प्रतिसेकेण्ड ८६ लिटर पानी उपत्यकामा आपूर्ति हुने गरेको थियो। ‘वीरेन्द्रनगर–१५ को सिरेनीमा सडक निर्माणका क्रममा स्काभेटरले पाइपलाइनमा क्षति पु¥याउँदा उपत्यकामा खानेपानी आपूर्ति बन्द भएको छ’, अध्यक्ष कुलमणि देवकोटाले भने, ‘हामी मर्मतमा लागिरहेका छौं।’ अध्यक्ष देवकोटाले क्षति पु¥याउने उपभोक्ता संस्थाबाटै रकम असुल उपर गर्ने बताए। ‘फिल्डमा इन्जिनियर खटाएका छौं, क्षतिको विवरण उपभोक्ता समिति र सरोकारवाला कार्यालयलाई बुझाएर असुल उपर गछौं’ उनले भने, ‘नटेरे कानुनी बाटोमा जान्छौं।’

रतु–पारेगाँउ उपभोक्ता समितिले सडक निर्माणका लागि स्काभेटर प्रयोग गरेको थियो। पाँच लाख रुपियाँको लागतमा निर्माण भइरहेको सडकले खानेपानीको तीन लाख बराबरको क्षति पु¥याएको छ। 

उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर गाहाले सडक फराकिलो पार्ने क्रममा पाइपलाइनमा क्षति पुगेको बताए। स्काभेटरले विभिन्न तीन ठाउँमा पाइपलाइन क्षति पुु¥याएको छ। खानेपानी उपभोक्ता समितिका इन्जिनियर बालाराम तिवारीले सडक निर्माणका क्रममा तीन सय एमएमका पाइपलाइनमा क्षति पुगेको बताए। ‘तीन लाख बढीको क्षतिको अनुमान हामीले गरेका छौं’ तिवारीले भने, ‘उपत्यकामा खानेपानी आपूर्तिका लागि केही समय लाग्छ।’

वडा अध्यक्ष पुनबहादुर पुलामीले खानेपानीका पाइपलाइनमा भएको क्षतिको विवरण आएपछि समितिमार्फत भुक्तान गरिने बताए। ‘सडक बनाउँदा क्षति पुगेकाले समितिमार्फत तिर्न लगाउँछौं’ उनले भने, ‘अहिलेसम्म के कति क्षति भयो विवरण आइपुगेको छैन्।’

प्रकाशित: २० जेष्ठ २०७५ १०:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App