मुम्बई- इमरान हास्मीका साथ फिल्म जन्नतबाट बलिउडमा डेब्यू गरेकी सोनल चौहान लामो समय पछि फेरि पर्दामा देखिने भएकी छन्। उनी पाँच वर्षपछि हिन्दी फिल्ममा देखिन लागेकी हुन्।
सोनल जेपी दत्ताको फिल्म पलटनको लागि अनुवन्धित भएकी छन्। यस पछि महेस माजरेकरको फिल्ममा लिड रोलमा खेल्ने छिन्। महेशको फिल्म ग्याँस्टार ड्रामा हुने जनाइएको छ। महेश दत्ताको फिल्ममा काम गर्न पाउनु आफ्नो लागि गर्वको विषय भएको सोनलले बताएकी छन्। यस फिल्ममा श्रुति हसन समेत देखिने छन्। छिट्टै सुटिङको समय सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।
सोनलले केही तमिल-तेलुगु फिल्ममा समेत काम गरेकी छन्। उनले मोडलिङ प्रोजेक्टमा समेत काम गरेकी थिइन्।
प्रकाशित: २० जेष्ठ २०७५ ०८:३१ आइतबार