१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

मंसिरमा प्रशान्तको ‘रणवीर’

काठमाडौं – पोष्टप्रोडक्सनमा रहेको फिल्म ‘रणवीर’ मंसिर १४ मा रिलिज हुने भएको छ। फिल्म निर्माण पक्षले वितरकसँगको छलफलपछि रिलिज मिति घोषणा गरेको हो। दुई गीत छायांकनको काम  बाँकी रहँदै फिल्मको प्रदर्शन मिति घोषणा भएको हो। एक्सन विधाको फिल्ममा थ्रिल र सस्पेन्स बोनसमा रहेको निर्माताको दाबी छ।  

गोविन्दसिंह भण्डारीको डेब्यु निर्देशन रहेको फिल्ममा सुशिल सिटौला, प्रशान्त ताम्राकार, हरिहर शर्मा, नरेश पौडेल, टिका पहाडी, रवि गिरी, जीवन भट्टराई, बसन्ती भट्टलगायतको अभिनय छ। फिल्ममा शुभेच्छा खड्का र सुपुष्पा भट्टको डेब्यु अभिनय छ।

निर्देशक भण्डारीले शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथालाई फिल्ममा देखाइने बताए । दीपेन्द्र रेग्मी र गोमा विष्टको निर्माण गरेको फिल्ममा महेश पौडेलको छायांकन, चन्द्र पन्तको द्वन्द्व, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत र गम्भिर विष्ट तथा सुरेन बसेलको कोरियोग्राफी छ।

प्रकाशित: २० जेष्ठ २०७५ ०६:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App