त्रासको अस्त्र

आइतबार, २० जेठ २०७५, ११ : ५९ सुबोधराज प्याकुरेल

स्वतन्त्रता, समानता र भ्रातृत्वको नाराका साथ भएको फ्रान्सेली राज्य क्रान्ति र त्यसको अवरोहको विश्लेषण गर्दै मिनेन्द्र रिजालले हालै लेख्नुभएको लेख पढेपछि उक्त विषयलाई अझ विस्तारमा चर्चा गर्न मन लाग्यो ।रिजालले केपी ओली रब्सपियर नबन्नुहोस् भन्ने शुभेच्छाका साथ लेख्नुभएको छ। फ्रान्सेली राज्यक्रान्ति ताका १७९१ देखि १७९४ बीचको आँधीबेहरीको बेलाको कथा हो त्यो जतिबेला स्वतन्त्रता, समानता र भ्रातृत्वको नारासहित १७९१ मा सुरु भएको राज्यक्रान्ति उत्कर्षमा थियो । र तीनजना नेताहरू रब्सपियर, पेतियो र दाँते साह्रै इमानदार र लोकप्रिय नेताका रूपमा चिनिन्थे।

रान्तिपछिको सरकारले फ्रान्सेली उपनिवेशहरूलाई र सम्पूर्ण दासहरूलाई मुक्त गर्ने योजना ल्यायो । मताधिकार र आधारभूत आवश्यकताको प्रत्याभूति गर्ने तथा सम्पूर्ण उपभोग्य वस्तुको सरल आपूर्तिको व्यवस्था गर्ने कुरालाई राज्यको प्रमुख कार्यभार तोक्यो। जनता नयाँ नेतृत्वको वरिपरि कसिलो तवरले लामबद्ध भएको अवस्था थियो । तर हार खाएको पूर्वशासक जमातबाट प्रतिगमनको सम्भावना छ भन्ने निष्कर्षमा पुगेपछि हरेक नागरिकको जीवनको अधिकारको अगुवा रब्सपियर आफैँले निर्णय गरेर राजा लुइ सोह्रौँलाई १७९३ मा मृत्युदण्ड दिन लगाए। रब्सका वरिपरिका मानिसहरू सबै कुरा रब्सको इच्छा अनुसार नै भइरहेको छ भन्थे । उनीहरूले आफ्नो निहित स्वार्थ पूरा गर्न रब्सको व्यक्तित्वको भरपुर दुरुपयोग गरे । जनतालाई  कमजोर र प्रतिवाद गर्न नसक्ने बनाउन आतङ्कको रचना आवश्यक थियो । यसर्थ पाइलैपिच्छे प्रतिगमनको सन्त्रास फैलाउने र जनतालाई होसियार हुनुस् भनिरहन्थे । उनी आफू स्वतन्त्रता, समानता र भ्रातृत्वतर्फ मुलुक अगाडि बढिरहेको छ भन्नेमा ढुक्क थिए । जनताको विशाल माया देखेर उनी मग्न थिए।

अवसरवादी, लोभी आदि जति खराब चरित्रको व्याख्या गरिन्छ, सबैको उद्भव डर अथवा त्रासबाट हुन्छ।

नयाँ राजनीतिक वातावरणमा सबैलाई समान स्वतन्त्रता र समानताको अनुभूति हुनुपर्छ भन्ने आफ्नै योद्धाहरूलाई पनि पश्चगमनका मतियार भन्दै कारबाही गरिन्थ्यो । हिजोको आन्दोलनका सयकडौँ सहकर्मीहरूको हत्या गरियो । १७९३ मा उनका सहकर्मी दाँतेलाई पनि मृत्युदण्ड दिइयो । दाँतेको शेषपछि रब्ससँग यथार्थको चर्चा गर्ने मानिस बाँकी रहेनन् । तर उनको शासन त्राहिमामको पर्याय बनिसकेको थियो । आखिर सत्ता र शक्तिका भोका उनकै वरिपरिकाले देशमा व्याप्त सबै कमीकमजोरीको एकमात्र जिम्मेवार रब्सलाई मात्र ठह-याए र बिना कुनै कानुनी प्रक्रिया १७९४ मा उनको हत्या गरियो । त्यसपछि फ्रान्समा कसरी अधिनायकत्वको जन्म भयो भन्ने कुरा हामीलाई थाहै छ । अहिलेसम्म पनि रब्सलाई इमानदार तर एकोहोरो व्यक्तित्वका रूपमा चित्रण गरिएको रचना पढ्न पाइन्छ । उनका आसेपासे कसैको बारेमा गम्भीर टिप्पणी विरलै भेटिन्छ । असल मनका एकलव्य नायक रब्सलाई यसरी त्रासको राजनीतिको मोहरा बनाएर नाश गरियो।

सरकारसँग अनियन्त्रित अधिकार हुन्छ किनकि स्रोत परिचालनको एकाधिकार उसैसँग हुन्छ । सुरक्षा र वैदेशिक सम्बन्ध पनि उसैको प्राधिकारभित्र पर्छ । संसद्मा बहुमत भएको सरकार बन्ने हुँदा राज्यका तीन अङ्गमध्ये दुई अङ्गको हैसियत लिएर सरकार बसेको हुन्छ । कानुन बनाउने कुरामा पनि उसकै अगुवाइ हुन्छ । तर संविधान राष्ट्रको आमूल परिवर्तनको चाहनाको अन्तिम घडीमा निर्माण हुने हुँदा संविधानले जनताको गरिमा उच्च राखेको हुन्छ । कानुनले संविधानको मान्यतालाई विस्तारित गर्दै सरकारलाई कार्ययोजना दिने हुँदा कानुन पनि आदर्श शब्दले भरिपूर्ण हुन्छ । दुनियाँका अनेक परिवर्तन र त्यसपछिको पटाक्षेपको अनुभव सँगालेको विश्व लोकतन्त्रले सामूहिक नेतृत्व र निरन्तर परीक्षणको विधिलाई आत्मसात् ग-यो । र स्वतन्त्र न्यायालयको स्थापना गरियो, जहाँ सरोकारवालाले निर्धक्क आफ्नो कुरा व्यक्त गर्न पाओस्।

सधैँ नेताका वरिपरि रहनेहरूलाई म तमासे भन्न चाहन्छु। उनीहरू कुनै विषयमा पनि सैद्धान्तिक, वैचारिक वा बौद्धिक तर्कका साथ नेताको विचारलाई थप पुष्टि गर्नेतर्फ लाग्दैनन्। सुझबुझपूर्ण सुझाव दिने वा नेताका कुरा गलत लागे प्रतिवाद गर्ने कुराको त कल्पना पनि गर्न सकिन्न । तमासेको काम मुखले वा हातले थपडी बजाउनु हो।  

सन् १९९० पछिका दिनमा अदालतले निर्णयको परीक्षण गर्ने हो तर निर्णय र कार्यान्वयनपूर्व नै चनाखो भएर प्रतिरोधात्मक उपाय गर्नु आवश्यक छ भन्ने भावनाका साथ मानव अधिकार आयोग र अन्य स्वतन्त्र आयोगहरूको परिकल्पना गरियो । कानुनको प्रयोग विवेकपूर्ण र न्यायिक मनले गरिएको हुनुपर्छ । अहिले हाम्रो देशमा दुई तिहाइ बहुमतको सरकार छ र यो सरकारको नायक पार्टीले पार्टी एकीकरणको सन्दर्भमा सबै कार्यकर्ता पङ्क्तिलाई निर्देश गर्दै आफ्नो निर्णयमा लेखेको छ, ‘यो एकताबाट प्राप्त भएका शक्तिलाई हामीले दम्भ, घमण्ड र अहङ्कारको विषय होइन जनता र राष्ट्रप्रतिको गहन जिम्मेवारीको रूपमा लिनुपर्छ।’

एक बेलामा प्रधानमन्त्री पदबाट बिमुख गराइँदाको क्षणमा लोकेन्द्रबहादुर चन्दले आफ्नो साथ छाडेर अर्को अवसर खोज्न तँछाडमछाड गर्दै भाग्नेहरूलाई ‘मुसा प्रवृत्ति’ भन्नुभएको थियो । कुरा बिग्रँदै गयो भने सम्पूर्ण दोष कुनै एकउपर घोप्ट्याएर आफू पानीमाथिको ओभानो हुने र नयाँ शक्तिको चाकडीमा लिन हुन सक्ने प्रवृत्ति नै मुसा प्रवृत्ति हो । उनीहरू त्यस्ता मुसा हुन् जो जहाज डुब्न लाग्यो भन्ने आभास पाउनासाथ जहाज जोगाउन होइन कि भागाभाग गरेर ज्यान बचाउनतिर लाग्छन् । कार्लमाक्र्सले समेत क्रान्तिपछि कर्मचारीतन्त्र एक वर्गका रूपमा परिवर्तनलाई चलायमान हुन नदिन सक्रिय हुन्छ भनेका छन् ।सरकारमा पार्टी पुगेको बेलामा जनतासँग नेताको प्रत्यक्ष सम्बन्ध टुट्छ । छापादेखि सहयोगीसम्म सबै राज्यकोषका नयाँ लाभग्राही बनेर उदाउँछन् । त्यसैले आधुनिक लोकतन्त्रले सरकारका विभिन्न कार्यको अनुगमन गर्न संवैधानिक कानुनी आयोगहरूको अतिरिक्त स्वतन्त्र र विज्ञ नागरिक समाजको अपरिहार्यताको वकालत गरी आएको छ।

जननेता मदन भण्डारीले बारम्बार भन्नुभएको छ, ‘आलोचनाको घेराबाहिरको कुनै व्यक्तिले प्रगति गर्न सक्दैन । आलोचनाले सच्चिने अवसर दिन्छ र साथै सत्यनिष्ठा प्रस्टीकरण दिने अवसर पनि दिन्छ । हामी जनताले भनेको र चाहेको कुरा दिन मात्र उनीहरूकहाँ जाँदैनौँ, हामी उनीहरूले नसोचेको कुरामा उनीहरूको विश्वास जित्न पनि गइरहेका हुन्छौँ।’

मनोविज्ञानको शास्त्र मैले कमै मात्र बुझेको छुँ । तर अवसरवादी, लोभी आदि जति खराब चरित्रको व्याख्या गरिन्छ सबैको उद्भव चाहिँ डर अथवा त्रासबाट मात्र हुने गर्छ भन्ने मेरो निष्कर्ष हो । डरको बारेमा सबभन्दा सटिक व्याख्या भनौँ कि परिभाषा महात्मा गान्धीले गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘कि त तिमीसँग सत्य हुनुपर्छ कि डर । रोजाइ तिम्रै हो । यही अन्तःस्करणको विषय पनि हो ।’ आफ्नो सुरक्षाको डर, वैभव र प्रभाव घट्ला भन्ने डर, धन र सम्पत्ति नथपिएला भन्ने डर । म त सिङ्गो मनोविज्ञानका मामिलामा डर र यसले डस्ने आतङ्कलाई चिन्ने चुनौतीलाई नै मुख्य विषय ठान्छु । क्षमता नभएका मानिसलाई अक्षमता उदाङ्गिएला भन्ने जस्तो घनघोर डर अरू केही हुन्न । विषयान्तर गरेर अथवा अर्काले बिगारेको फेहरिस्त प्रस्तुत गरेर उम्कन खोज्नेहरू यही कोटिमा पर्छन् । कानुन वा कुनै कागजको अक्षरको आधारमा आफ्नो अधिकार र शक्तिको वकालत गर्ने ठूला कहलिएका मान्छेहरू पनि उही ड्याङका व्यक्ति हुन् । एकजना विद्वान्ले भनेका छन्, ‘तिमीसँग सत्य छ भने ढुक्क भएर अगाडि बढ किनकि सत्यसँग एक्लै भए पनि शक्ति हुन्छ । तिमीसँग भीड छ भने त्यो कुनै पनि बेला छरिन सक्छ ।’ सत्यकै पक्षमा रवीन्द्रनाथ टैगोरले भन्नुभएको हो, ‘सत्यनिष्ठा छ भने एक्लै भए पनि हिँड।’

आम रूपमा म के देख्छु भने नेताहरू वरिपरि झ्याम्मिरहनेहरूबाट घेरिएका हुन्छन् । सधैँ जमातमा रहने हुँदा उनीहरूलाई पनि यसको बानी परेको हुन्छ । गिरिजाप्रसाद कोइराला एकाबिहानै सफा र औपचारिक पोसाकमा सजिएर खाजा खानुहुन्थ्यो । र उहाँलाई भेट्न जानेहरू पनि एकाबिहानै पुगिसकेका हुन्थे । पदमा रहँदा वा नरहँदा कुनै फरक परेन । तर जब आफ्ना वरिपरि आफ्नो समालोचना गरिदिनेभन्दा हो–मा हो मिलाउनेको जमातसँग नेता रमाउन थाल्छ तब भन्ठान्नु अब ओह्रालो लाग्ने क्रम सुरु भयो । म त्यस्ता घेरालुहरूलाई तमासे भन्न चाहन्छु । उनीहरू कुनै विषयमा पनि सैद्धान्तिक, वैचारिक वा बौद्धिक तर्कका साथ नेताको विचारलाई थप पुष्टि गर्नेतर्फ लाग्दैनन् । सुझबुझपूर्ण सुझाव दिने वा नेताका कुरा गलत लागे प्रतिवाद गर्ने कुराको त कल्पना पनि गर्न सकिन्न । तमासेको काम मुखले वा हातले थपडी बजाउनु हो ।  उनीहरू कुनै जिम्मेवारी पनि लिँदैनन् । जे बोल्नु छ, उही नेता बोल्छ । जे गर्नु छ, उही नेताले गर्छ।

बिस्तारै अनुभव गर्दैछु म, हाम्रा यति लोकप्रिय प्रधानमन्त्रीले गृहमन्त्री वा योजना आयोग वा अरू कुनै निकायको बारेमा निर्देशक दृष्टिकोण दिनुपर्नेमा पाइलैपिच्छे कर्मपिच्छेको जवाफ दिँदै किन हिँड्नु परेको होला ? दृष्टिकोणठीक छ भने सच्याउने ठाउँ जीवन्त छ । तर फरियाद सुन्नुपर्ने मान्छे नै बम्किन थाल्यो भने विरोधीले पनि अमोधगम्य अस्त्र पाउँछ । त्रास अर्थात् डरको अस्त्र। र त्रासका बारेमा मैले उल्लेख गरिसकेँ मानव मनोविज्ञानमा त्रास सर्वाधिक खतरनाक तत्व हो । वसुधैव कुटुम्बकम्।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad