७ वैशाख २०८१ शुक्रबार
समाज

सुन प्रकरणमा अर्का एक अभियुक्तद्वारा आत्मसमर्पण

विराटनगर- साढे ३३ किलो सुन प्रकरणमा अर्का एकजनाले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन् । डेविड डा भनिने छिरिङ वाङ्गेल घलेले आइतबार अदालत पुगेर आत्मसमर्पण गरेका हुन् । उनी मुख्य अभियुक्तमध्येका एक हुन् ।

यसअघि एसएसपी श्यामबहादुर खत्रीले पनि जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका थिए । 

सुन प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेती नै पक्राउ परेपछि अन्य अभियुक्तहरु पनि आत्मसर्पण गरेको प्रहरीले जनाएको छ । 

प्रकाशित: २० जेष्ठ २०७५ ०५:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App