८ वैशाख २०८१ शनिबार
समाज

शोकमा तानसेन बजार बन्द

पाल्पा – शोकका कारण आइतबार तानसेन बजार बन्द छ। शुक्रबार भएको बस दुर्घटनामा परि जिल्ला सदरमुकामका १४ जनाको मृत्यु भएपछि तानसेन शोकका कारण बन्द भएको हो।

जिल्लाका पसल तथा सहकारीहरू पूर्ण रुपमा बन्द छन्। पाल्पा उद्योग वाणिज्य संघले प्रेस विज्ञप्ती प्रकासित गरेर स्वतःस्फूर्त रुपमा उद्योगधन्दा, कलकारखाना र पसल तथा व्यवसाय बन्द गरि शोकसभा गर्न आग्रह गरेका कारण तानसेन बजार बन्द गरिएको हो।

संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले जिल्लाका व्यवसायीहरूको दुःखद निधनका कारण जताततै शोक रहेकाले शोकसभामा सहभागी हुन आग्रह गरिएको बताए। जिल्लाका धेरै निजी शिक्षण संस्थाहरू पनि बन्द गरिएका छन्। मृतकहरू आवद्ध संघसंस्थाहरू समेत बन्द छन्। यातायात भने सुचारु छ।

प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालले शोकका कारण जिल्लाका क्रियाकलापहरू स्वभाविक रुपमै प्रभावित भएको बताए। उनी भन्छन्, ‘जिल्लाका सहकारी संस्थाहरू बन्द छन्। तानसेनका बजार बन्द छ। तानसेनभन्दा बाहिरका पसलहरू खुलेका छन्।’ प्रजिअ ढकालले बस दुर्घटनाले सबैलाई स्तब्ध बनाएको बताउँदै ठाउँठाउँमा शोकसभा भएको बताए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चन्द्रबहादुर थापाले काठमाडौं लगिएका र जिल्लामा उपचारमा रहेका घाइतेहरूको अवस्थामा क्रमिक सुधार हुँदै गएको बताए। शुक्रबार बिहान रम्भा गाउँपालिका–४ हुमिनमा लु २ ख ९७५ नम्बरको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो। उक्त बस दुर्घटना परि ९ जना घाईते भएका छन्। गम्भिर घाईते चार जनालाई उपचारका लागि हेलिकप्टर मार्फत् काठमाडौं पठाईएको थियो। 

हुमिनमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेहरूमध्ये लोकप्रसाद ढकाल उद्योग वाणिज्य संघका कानूनी सल्लाहकार हुन्। यस्तै क्षेत्रमान शाक्य पूर्व कोषाध्यक्ष, बिष्णुमान एशोसियट सदस्य, कृष्णमान, सुशील र देवेन्द्र कार्यसमिति सदस्य हुन्। दुर्गादेवी र सचिन संघका साधारण सदस्य हुन्। अन्य सहकारीमा आवद्ध व्यक्तिहरू रहेका थिए।

प्रकाशित: २० जेष्ठ २०७५ ०५:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App