८ वैशाख २०८१ शनिबार
अर्थ

'हरियो नम्बर प्लेटमा गैरपर्यटक बोके कडा कारबाही'

काठमाडौं- यातायात व्यबस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले पर्यटक बोक्ने हरियो नम्बर प्लेटका सवारी साधनहरूले गैर पर्यटक बोके कडा कारवाही गरिने चेतावनी दिएका छन्। 

शुक्रबार रिपोर्टर्स क्लव नेपालमा पर्यटन पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पर्यटन व्यवसायीहरूले हरियो नम्बर प्लेटका सवारी साधनमा पर्यटकका नममा गैर–पर्यटकहरू ओसार्ने गरेको भन्दै त्यस्ता सवारि साधनलाई कारवाही गरिने बताए।

उनले भने, “सवारी तथा यातायात व्यवस्थापन ऐन २०४९ विपरित कसैले काम गरे वा गराएमा कानुन बमोजिम दण्ड हुन्छ।” उनले कानुनमा जे छ त्यो अक्षरंस सबैले पालना गर्नुपर्ने जानकारी दिए। राज्यको तर्फबाट पर्यटक व्यबसायीहरूले सवारिसाधन खरिद गर्दा छुटलिने तर सेवाको नाममा मेवा खान खोज्ने प्रवृति देखाएको आरोप लगाए।

नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी निर्देशक दिपकराज जोशीले घरबाट निस्केर केही पैसा खर्च गर्ने व्यक्ति पर्यटक भएको बताए। नेपालमा आवश्यक मात्रामा पर्यटक बस नभएको बताउँदै यसबारे सबैले गम्भीर हुन आवश्यक रहेको बताए। 

कार्यक्रममा नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्सी (नाट्टा) का अध्यक्ष मधुसुधन आचार्यले पर्यटन ऐनले स्वदेशी र विदेशी दूवैलाई पर्यटक मानेकाले हरियो प्लेटका सवारी साधनले नेपाली पर्यटकलाई बोक्नमा रोक लगाउँन नहुने बताए। पर्यटन व्यवसायमा १० अर्ब लगानी भएकाले यसको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने उनको भनाई थियो।

टुरिष्ट बस एशोसियसन अफ नेपाल (टिवान) का अध्यक्ष श्रीकान्त आचार्यले पर्यटक र गैर–पर्यटकलाई स्पष्ट रुपमा छुट्याउनुपर्ने बताउँदै भने “पर्यटकीय सवारी साधनले आन्दोलनको समयमा समेत सेवा दिएका छन्, अहिले स्वदेशी पर्यटकलाई बोक्न पाउँदैन भन्नु व्यपसायीमाथि अन्याय गर्नु हो।”

सोसाइटी अफ ट्राभल एजेन्सी (सोट्टो) नेपालका अध्यक्ष ज्ञानबहादुर खड्काले आन्तरिक र विदेशी दुवै पर्यटक भएकाले पर्यटकीय बसमा पनि स्वदेशी पर्यटक बोक्न पाउनु पर्ने धारण राख्दै पर्यटकीय सवारी साधनलाई एम्बुलेन्स सरहको सुविधा दिनुपर्ने बताए।

नेपाल पर्यटन यातायात व्यवसायी सङ्घका अध्यक्ष साङ्गे लामाले हरियो प्लेटका सवारीसाधन र प्लेटको अभावले गर्दा रातो नम्बर प्लेटमा सेवा दिएको बताउँदै यथेष्ट रुपमा सवारीसाधन सञ्चालन गर्न नसकेको स्पष्ट पारे।

 

प्रकाशित: १७ भाद्र २०७३ ११:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App