वार्षिक ३३ हजार किलोग्राम चिज उत्पादन हुने

आइतबार, २० जेठ २०७५, १० : ४० नागरिक

रसुवा – रसुवामा सञ्चालित तीनवटा चिज उत्पादन केन्द्रले वार्षिक ३३ हजार किलोग्राम चिज तथा ११ हजार किलोग्राम मखन उत्पादन गर्ने लक्ष्य लिएका छन्।

धुन्चे केन्द्रले ११ हजार पाँच सय किलोग्राम चिज र तीन हजार नौ सय किलोग्राम मखन, चन्दनबारी केन्द्रले आठ हजार पाँच सय किलोग्राम चिज र तीन हजार किलोग्राम मखन तथा गत्लाङ केन्द्रले १३ हजार चिज र चार हजार तीन सय किलोग्राम मखन उत्पादन गर्ने लक्ष्य लिएको हो।

लक्ष्य भेट्न ती केन्द्रले दैनिक रूपमा प्रयास गरिरहेको बताइएको छ। गतवर्ष यी तीनवटै केन्द्रले ३२ हजार किलोग्राम चिज र ११ हजार दुई सय किलोग्राम मखन उत्पादन गरेका थिए। नेपालको जेठो चिज उत्पादन केन्द्र लाङटाङमा भने भौगोलिक विकटता र सञ्चार पहँुच नपुगेका कारण विवरण प्राप्त हुन सकेको छैन।

दुग्ध विकास संस्थानअन्तर्गत रसुवामा चारवटा चिज उत्पादन केन्द्र सञ्चालित छन्। गतवर्ष चौरीको दूध उत्पादनबाट यहाँका ९५ जना किसानले धुन्चे, चन्दनबारी र गत्लाङ केन्द्रबाट दुई करोड पाँच लाख भुक्तानी लिएको दुग्ध विकास संस्थानले जनाएको छ। यसवर्ष भने त्यसमा केही वृद्धि हुने बताइएको छ।

गतवर्ष उत्पादित चिज तथा मखनबाट ६ करोड १३ लाख आम्दानी गरेको संस्थानले जनाएको छ। चिज उत्पादनका लागि दूध दिने चौरी गाईको संख्या यहाँ एक हजार चार सय रहेको चौरीपालक किसान सोनाम घलेले बताए।

फ्याटको हिसाबले दूधको प्रति युनिट मूल्य रु १२ देखि ८४ सम्म रहेका छन्। दूधको उचित मूल्य पाउन थालेपछि चौरीपालन व्यवसायतर्फ किसानको आकर्षण बढ्दै गएको धुन्चे चिज उत्पादन केन्द्र कुना खर्कका वरिष्ठ केन्द्र प्रमुख पूर्णबहादुर जिरेलले बताउनुभयो।

दुग्ध विकास संस्थानले यस वर्षका लागि प्रति किलोग्राम चिजको मूल्य रु एक हजार छ सय तथा मखनको मूल्य रु एक हजार कायम गरेको छ, गतलाङ केन्द्रका प्रमुख धनबहादुर जिरेलले भन्नुभयो, “संस्थानको लक्ष्य परिपूर्तिका लागि चिज उत्पादनमा विशेष जोड दिइएको छ।”

गतवर्ष प्रति किलोग्राम चिजको मूल्य रु एक हजार ४०० कायम गरिएको थियो । मखनको मूल्य भने यथावत् नै छ।

प्रत्येक वर्ष वैशाख १ गते देखि कात्तिक १५ गते सम्म चिज उत्पादनको उपयुक्त समय मानिन्छ । चौरी गाई वर्षेनी चैतको अन्तिम हप्तामा ब्याउने भएकोले साढे छ महिना मात्र चिज उत्पादन गर्ने गरिन्छ। गोसार्इंकुण्डको काखमा रहको चिज उत्पादन केन्द्र चन्दनबारीमा चौरीको दूधबाट उत्पादित चिज गोसाईंकुण्डबाट फर्केका भक्तजनले प्रसादीको रूपमा समेत खरिद गरी लाने गरेको चन्दनबारीका केन्द्रका प्रमुख छत्रबहादुर तामाङले बताए।

समुद्री सतहदेखि दुई हजार दुई सय मिटर भन्दा माथि जंगलमा औषधिजन्य घाँसपात खाएका चौरीको दूधबाट बनेका चिज खाँदा स्वास्थ्यबर्धक हुने चिज पारखीको विश्वास छ।






यसमा तपाईको मत

अन्य समाचार

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

फेसबुकको नयाँ डिजाइनको तस्विरहरू ...

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणा सहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ । ...

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

‘एभरेस्ट ह्याक’ नाम दिइएको प्रविधि केन्द्रित ह्याकिङ एक्स्पो सर्वसाधारणलाई अवलोकनका लागि सार्वजनिक गरिएको छ। ...

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/०७६ मा प्रथम बिमा शुल्क एक अर्ब रुपैयाँ नाघेको छ । ...

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

होक्काइदो नेपाल बिजनेस ग्रुप प्रालिले काठमाडौंमा जापानी खानाको परिकार पस्किने ‘होक्काइदो रामेन रेस्टुरेन्ट’ सुरु गरेको छ। ...

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

नेपालको धेरै जसो स्थानमा अझै पनि कच्चि सडक यथावत छ जसमा कालोपत्रे गरिएको छैन| ...

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

यस फिचर हालका लागि ७ वटा देशमा लागू गरिएको छ ! ...

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

Ncell Footer Ad