coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पोचेटिन्हो रियाल नजाने

लन्डन – टोटेनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिन्होले तत्काल स्पेनिस महारथी रियाल मड्रिड जाने कुनै इच्छा नभएको बताएका छन्।

पोचेटिन्होले आफू टोटेनह्याममै सन्तुष्ट भएकाले तत्काल अन्यत्र जानेबारे नसोचेको समेत बताएका छन् । प्रशिक्षक जिनेदिन जिदानले क्लब छोडेपछि पोचेटिन्होलाई रियाल मड्रिडको नयाँ प्रशिक्षकको बलियो दाबेदारका रूपमा हेरिएको थियो।

रियाललाई कीर्तिमानी लगातर तीन पटक च्याम्पियन्स लिगको उपाधि जिताएको साता दिन नबित्दै जिदानले बिहीबार आश्यर्चजनक रूपमा क्लब प्रशिक्षकबाट राजीनामा दिएका थिए । स्पेन र इङ्ल्यान्डका सञ्चारमाध्यमले भने जिदानको स्थानमा पोचेटिन्हो रियाल आउने खबर सार्वजनिक गरेका थिए।

सन् २०१६ मा राफेल बेनिटेजले क्लब छोडेपछि सान्टियागो बर्नाबेउको प्रशिक्षण सम्हालेका जिदानले आफ्नो तीन वर्षे बसाइमा क्लबलाई ९ वटा उपाधि जिताएका थिए । च्याम्पियन्स लिग इतिहासमा उनी लगतार तीन पटक प्रतियोगिताको उपाधि जित्ने प्रशिक्षकसमेत हुन्।

‘मैले १० दिनअघि नै टोटेनह्यामसँगको सम्झौता ५ वर्ष थप गरिसकें र म यसमा सन्तुष्ट छु,’ शुक्रबार बार्सिलोनामा आफ्नो पुस्तक ‘अ न्यु वल्र्ड सार्वजनिक कार्यक्रममा पोचेटिन्होले भने, ‘म तत्कालै सम्झौता तोड्दै क्लब व्यवस्थापन, समर्थक र खेलाडीलाई निराश पार्न चाहन्नँ।’

पोचेटिन्होको प्रशिक्षणमा क्लबले गत सिजन तेस्रो स्थानमा बस्दै इङ्लिस प्रिमियर लिगको अन्त्य गरेको थियो।

प्रकाशित: २० जेष्ठ २०७५ ०४:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App