७ वैशाख २०८१ शुक्रबार
खेल

सारापोभा चोथो चरणमा

पेरिस – साबिक विजेता विश्व नम्बर एक राफाइल नाडालले रिचार्ड ग्यासक्वेटलाई पराजित गर्दै शनिबार फ्रेन्च ओपन टोनिसको अन्तिम १६ मा प्रवेश गरेका छन्।

पेरिसको रोल्यान्ड गारोसमा भएको पुरुष एकलतर्फको खेलमा नाडालले रिचार्डलाई ६–३, ६–२, ६–२ को सेटमा पराजित गरेका हुन्।

अन्तिम १६ मा प्रवेश गरका नाडालले अब जर्मनका म्याक्समिलियन मार्टेररसँग अघिल्लो चरण प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । नाडालसँग भेट पक्का गर्न म्याक्समिलियनले इस्टोनियाका जर्गेन जोपलाई ६–२, ६–१, ६–४ को सेटमा पराजित गरेका थिए।

यस्तै शनिबारै सम्पन्न महिलातर्फ पूर्वविजेता मारिया सारापोभाले शनिबार क्यारोलिना प्लिसकोभालाई २–० ले पराजित गर्दै फ्रेन्च ओपनको चौथो चरणमा प्रवेश गरेकी छिन्।

प्लिसकोभामाथि जित निकाल्न सारापोभाले ६–२, ६–१ को सेट खर्चिएकी हुन् । ३१ वर्षे सारापोभाले चोटका कारण पछिल्ला दुई संस्करण गुमाएकी थिइन् । शनिबारको जितसँगै सारापोभाले सेरेना विलियम्ससँगको सम्भावित भेट पक्का गरेकी हुन्।

यस्तै, २०१६ की च्याम्पियन गार्विन मुगुरुजाले अस्ट्रेलियाली सामन्था स्टोसुरलाई पनि २–० को सोझो सेटमा पराजित गरिन् । मुगुरजाले स्टोसुरलाई ६–०, ६–२ को सेटमा पराजित गरेकी हुन् । उता शनिबारै सम्पन्न अर्को खेलमा स्लोयाने स्टेफन्सले इटालीकी क्यामिला गियोर्गीलाई संघर्षपूर्ण ४–६, ६–१, ८–६ को सेटमा पराजित गर्दै अन्तिमा चारमा प्रवेश गरिन्।

विजयी स्टेफन्सले इस्टोनियाकी एनेट कोन्टाभिटको सामना गर्नेछिन् । यसअघिको खेलमा कोन्टाभिटले आठाैं वरीयातकी पेट्रा केभिआटोभामाथि ७–६, ७–६ को जित निकाल्दै चौथो चरणमा प्रवेश गरेकी थिइन्।

प्रकाशित: २० जेष्ठ २०७५ ०४:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App