८ वैशाख २०८१ शनिबार
अर्थ

सानिमा बैंकको चार शाखा थपिए

काठमाडौं – सानिमा बैंकले चारवटा नयाँ शाखा एकैपटक सञ्चालन गरेको छ। बैंकले उदयपुरको गाइघाट, सप्तरीको राजविराज, इलामको माई र इलामबजारमा शाखा खोलेको हो।

बैंकका पूर्वसञ्चालक सुवर्णदास श्रेष्ठ, ब्रान्ड प्रवद्र्धक कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हिरवंश आचार्यले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेको बैंकले जनाएको छ।

सानिमाले ५८ शाखा, एक एक्सटेन्सन काउन्टर र ६७ वटा एटिएमबाट बैंकिङ सेवा दिइरहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २० जेष्ठ २०७५ ०४:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App