coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य बढ्यो

`काठमाडौं- अन्तर्ष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भए पछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

 इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट मूल्य बढेर आएपछि निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन (एटीएफ) को मूल्य भाउ बढाएको हो । पेट्रोल, डिजेल, मट्टीतेल प्रति लिटर तीन —तीन रूपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर पाँच रुपैयाँ, अन्तराष्टियतर्फ प्रति केएल ७५ डलर बढाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । खाना पकाउने ग्यासको मूल्य भने यथावत छ।

भाउ बढेपछि पेट्रोलको मूल्य प्रति लिटर एक सय १३ रुपैयाँ, डिजेल र मट्टितेलको ९५ पुगेको छ । एटीएफ आन्तरिकतर्फ तर्फ प्रतिलिटर १०० रुपैयाँ र अन्तराष्ट्रितर्फ प्रति केएल ७५ डलर बढेर एक हजार ७५ डलर पुगेको छ। वृद्धि भएको मूल्य शनिबार राति १२ बजेबाट कार्यान्वयनमा आउने छ । मूल्य बढाउँदा पनि निगमको पाक्षिक घाटा १८ करोड रहेको निगमले जनाएको छ।

 

 

 

प्रकाशित: १९ जेष्ठ २०७५ १३:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App