८ वैशाख २०८१ शनिबार
समाज

ढुंगेलको रिहाई लोकतान्त्रिक शासन विपरित

काठमाडौं- पूर्व माओवादी नेता बालकृष्ण ढुंगेलको रिहाई लोकतान्त्रिक शासन विपरितको काम भएको भन्दै मानव अधिकारवादी तथा नागरिक समाजका अगुवाले चिन्ता व्यक्त गरेका छन्। सरकारको यो निर्णयले संक्रमणकालीन न्याय धरापमा पर्ने धारणा राखे।

मानवअधिकार तथा शान्ति समाजले स्थापाना दिवशको अवसरामा आयोजना गरेको कार्यक्रममा मानब अधिकारवादी कृष्ण पहाडीले सरकारका पछिल्ला गतिविधी लोकतान्त्रिक आचरण विपरित भएको बताए । ‘कुनै व्यक्तिलाई राख्ने छाड्ने गौण विषय हो,’ पहाडीले ढुंगेललाई छाडेको घटनाप्रति संकेत गर्दै भने, ‘लोकतन्त्र विरोधी गतिविधीमा हाम्रो आपत्ति छ।’

विखण्डनको बीउ रोप्ने र घृणात्मक अभिव्यक्ति दिनेलाई पनि सरकारले कानुनी दायरामा ल्याउनु पर्ने बताए। ‘बिधिको शासन मिच्ने एक जना कसैको रिहा पहिलो किस्ता हो,’ पहाडीले भने ।

कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तामाङले मानब अधिकार उलंघन र गम्भिर अपराधका मुद्दामा कसैले मुक्ति नपाउने बताए । ‘द्वन्द्वकालीन मुद्दामा कसैले मुक्ति पाउँदैन,’ तामाङले भने, ‘सबै द्वन्द्व अन्त्य गरेर विकास र सम्वृद्धिमा अघि बढ्नु पर्छ।’

कार्यक्रममा पूर्व मन्त्री निलाम्बर आचार्यले विधिको शासनलाई मिच्ने काम भए त्यो दुभाग्य हुने बताए । सरकारले विधिको शासन, सुशासन कायम गर्न नसके मानब अधिकार उलंघनका घट्ना बढ्न मानब अधिकार तथा शान्ति समाजका सभापति गंगाधर अधिकारी चिन्तनले बताए।

प्रकाशित: १९ जेष्ठ २०७५ १३:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App