८ वैशाख २०८१ शनिबार
समाज

ससुराली आएका वाइबाको भिरबाट लडेर मृत्यु

रसुवा– नुवाकोटको किस्पाङ गाउँपालिका–३ काउलेका कान्छामान वाइबाको भिरबाट लडेर मृत्यु भएको छ। 

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ ठाडेमा ससुराली आएका ३६ वर्सीय वाइबाको शनिबार भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। ससुराली आएका उनी दाउरा काट्न जंगल गएको बेलामा भिरबाट लडेका प्रहरी नायव उपरिक्षक शरतकुमार थापा क्षेत्रीले बताए। 

खबर पाउने बितिक्कै प्रहरी नायव उपरिक्षक क्षेत्रीको नेतृत्वमा १० जनाको टोली घटनास्थल गएको थियो। वाइबाको घटनास्थलमा नै मृत्यु भएको उनले बताए। 

प्रकाशित: १९ जेष्ठ २०७५ १२:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App