शेयर बजार : २ अर्ब बढीको कारोवार

शनिबार, १९ जेठ २०७५, १६ : १६ नागरिक

काठमाडौं – धितोपत्र बजारमा यस साता २ अर्ब ८ करोड ७३ लाख ५१ हजार बराबरको शेयर कारोवार भएको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार कूल १८३ कम्पनीको ४७ लाख ४४ हजार ८१० कित्ता शेयर खरिद बिक्री भएका छन्। कारोवार रकम गत साताको भन्दा आठ दशमलव ५६ प्रतिशत बढी हो।

गत साता १८३ कम्पनीको १ अर्ब ९२ करोड २७ लाख ३१ हजार बराबरका ४१ लाख ३७ हजार ४३० कित्ता शेयर खरिद बिक्री भएका थिए। साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा सात दशमलव २५ अंकले बढेर अन्तिम दिन १३०७ दशमलव ६६ अंकमा पुगेको छ। ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा एक दशमलव १७ अंकले बढेर २७५ दशमलव २८ अंकमा आइपुगेको छ।

यस साता कारोवार रकमका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा छ। सो बैंकको ७ करोड ५४ लाख ९० हजार बराबरको शेयर कारोवार भएको छ। यस्तै कारोवार भएको शेयर संख्याका आधारमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड संस्थापक अग्रस्थानमा छ। सो बैंकको ३ लाख ३७ हजार कित्ता शेयर कारोवार भएको छ।

यस साता नेपाल स्टक एक्स्चेन्जको कारोवार कक्ष नियमित कारोवारका लागि पाँच दिन खुला रह्यो। यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोवार भएन।

यसैगरी, यस साता सिभिल बैंक लिमिटेडको २ करोड ७ लाख ४० हजार ८८६ कित्ता हकप्रद, एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख २१ हजार ५०० कित्ता बोनस, एनएलजी इन्स्योरेन्स कम्पनीको १ लाख २८ अजार ८१२, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड ३० लाख ५ हजार कित्ता बोनस र साना किसान विकास लघुवित्तको १२ लाख ५७ हजार ६५५ कित्ता बोनस शेयर स्टकमा सूचीकृत भएको छ।    (रासस)








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad