coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नागरिककर्मी दाहाललाई रोटरी स्वास्थ्य जोर्नो अवार्ड

काठमाडौ–नागरिककर्मी दीपक दाहाल ‘रोटरी जोर्नो अवार्ड २०१८’ बाट सम्मानित भएका छन्। शनिबार एक कार्यक्रमकाबीच रोटरी क्लवले उनलाई सम्मान गरेको हो। स्वास्थ्य क्षेत्रमा गरेको योगदानको कदर गर्दै क्लवले उनलाई सम्मान गरेको हो । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट तथा क्लवका डिस्ट्रिक गर्भनर सञ्जय गिरी लगायतका पदाधिकारीले नगद तथा कदरपत्रबाट सम्मान गरे।

दाहाल विगत डेढ दशक देखि पत्रकारिता क्षेत्रका सक्रिय छन्। १३ वर्षदेखि  स्वास्थ्य पत्रकारका रुपमा सक्रिय उनी नागरिक दैनिकको समाज ब्यूरो प्रमुख समेत हुन्। दाहालसँगै पत्रकार मकर श्रेष्ठ, राधा चालिसे, बिनु पोखरेल, बसुन्धरा गौतम तथा वातावरण पत्रकार समूहको कार्यक्रम आखिझ्याललाई विभिन्न विद्यामा अवार्ड प्रदान गरिएको थियो।

 

प्रकाशित: १९ जेष्ठ २०७५ ०८:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App