coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राधालाई बोक्सी भन्दै कुटपिट गर्ने भोलेबाबालाई पाँच वर्षको कैद फैसला

धनगढी – बोक्सी आरोपमा राधा चौधरीलाई निर्घात कुटपिट गर्ने भोलेबाबा भनिने रामबहादुर चौधरीलाई कैलाली जिल्ला अदालतले पाँच वर्षको कैद फैसला सुनाएको छ। जिल्ला न्यायधीश  पर्शुराम भट्टराईको एकल इजलासले बिहीबार चौधरीलाई दोषि ठहर गर्दै एक लाख जरिवाना भराउने गरी पाँच वर्षको कैद फैलासा सुनाएको हो।

गत फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसको दिन उनले राधालाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरेका थिए।

यस्तै उनलाई सहयोग गरेको आरोपमा किस्मती भनिने किस्मत चौधरीलाई एक वर्ष र पार्वती भनिने स्मारिका चौधरीलाई छ महिना कैद फैसला भएको छ। उनलाई सहयोग रहेको भन्दै प्रहरी नियन्त्रणमा रहेका तीन जनालाई भने अदालतले सफाई दिएको छ। चनकलाल चौधरी, वेदप्रसाद चौधरी र सीतारानी चौधरीले सफाइ पाएका छन्।

कुटपिट गरेको भन्दै छ जनाविरुद्ध बोक्सी आरोप सम्बन्धी कसुर तथा सजाय ऐन र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्धा चलाइएको थियो।

प्रकाशित: १९ जेष्ठ २०७५ ०६:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App